२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

कृष्णभीरमा पहिरो : जीप पुरियो

कृष्णभीरमा पहिरो : जीप पुरियो

पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट, रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो जाँदा जीप पुरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार लु १ ख २३४३ नम्बर जीप पहिरोले परेको हो । प्रहरी प्रमुख एसपी डम्बरबहादुर विकको टोली पनि अहिले घटनास्थलमा पुगेको छ ।

विकका अनुसार जीपको केहिवेर अघि उद्दार गरिएको छ । समयमै उद्दार हुन सक्दा कुनै मानवीय क्षति हुन नपाएको सुरक्षाकर्मीहरूले बताएका छन् ।

यसैबीच, दाङमा बाढीले बस बगाएको छ । जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार बबई गाउँपालिका–५ मा रहेको ट्वाँङ खोलामा आएको बाढीले ना १ ख १८६१ नम्वरको बस बगाएको हो ।

प्रहरीका अनुसार नदीबाट पार गर्दैगर्दा सोमबार बिहान बस बिग्रिएको थियो । त्यहाँ बस अड्किएको केही समयपछि नदीमा पानीको बहाव बढ्दै गयो । र, बस ६ मिटर तलसम्म बगेको थियो ।

प्रहरीका अनुसार बसमा रहेका दुई जनालाई तत्कालै उद्दार गरिएको छ । अहिले घटनास्थलमा पुगेको प्रहरी टोलीले बसलाई नदीको किनारमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij