शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा गरिएका कुनै पनि गल्तीका लागि माफी नदिइने बताएका छन् । 
राष्ट्रिय परीक्षा बोर्डको तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा उनले भने, “विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने कसैलाई पनि माफी दिइने छैन् ।”
एसइई परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटिप्रति मन्त्री पोखरेलले परीक्षाका विषयलाई गोप्य राख्नुपर्नेमा यसो हुन नसकेको उल्लेख गर्दै गोप्यता भंग गर्ने र गल्ती गर्नेले कारबाहीको भागिदार बन्नुपर्छ बताए।
छानबिन समितिको प्रतिवेदन आएपछि दोषीलाई कारबाही गरिनेछ, उनले भने–“एसइईको नतिजाको त्रुटिमा प्राविधिक गल्ती भनेर पन्छिन् पाइदैन, विद्यार्थीको भविष्यमा खेलबाड हुने गरी कुनै पनि काम गर्न पाइदैन ।”
मन्त्री पोखरेलले आगामी दिनमा बोर्डलाई यस्ता गल्ती नगर्न सचेत पनि गराए।
घोकन्ते शैलीको पढाइ अब काम नलाग्ने भन्दै उनले विश्व बजारमा प्रतिस्पर्धा गर्ने शिक्षा आजको आवश्यकता भएकाले त्यसतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij