२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

धान रोप्दै उपप्रधानमन्त्री पोखरेलले भने : जमीन बाँझो नराख्ने नीति ल्याउँछौं

धान रोप्दै उपप्रधानमन्त्री पोखरेलले भने : जमीन बाँझो नराख्ने नीति ल्याउँछौं

युवासंघ नेपाल र योङ कम्युनिष्ट लिगको संयुक्त आयोजनामा शुक्रबारदेखि शुरु भएको तीनदिने श्रमदानमा युवा कार्यक्रमअन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा नं १ तौलुङस्थित खेतमा उपप्रधानमन्त्रि तथा रक्षा मन्त्रि इश्वर पोखरेलले धान रोपाइँ महोत्सवको उद्घाटन गरेका छन् ।

उद्घाटनमा धान रोप्दै पोखरेलले खेतीयोग्य जमीनमा खेती गरेर मुलुकको कृषि उत्पादनलाई वृद्धि गर्नुपर्ने र त्यस्तो जमीनमा प्लटिङ गर्न र बस्ती बसाउन नपाइने गरी नीति ल्याउने बताएका छन् ।

मन्त्री पोखरेलले जनतासँग नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकार सधैँ एकाकार हुने उल्लेख गर्दै युवाको उक्त अभियानले मुलुकभर कहाँ कति श्रमदान गर्यो भन्ने विवरण सार्वजनिक गर्नुपर्ने कुरामा जोड दिँदै अब खेतीयोग्य जमीन बाँझो नराख्न र त्यस्तो जग्गामा बस्ती बसाउन नमिल्ने गरी सरकारले भू–उपयोग नीति ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij