बालाजु-१६ मा अवस्थित नेशनल माेडल इङ्गलिस सेकेन्डरी स्कुलले शनिवार नेपालटार स्थित कान्तिपुरी एवी पार्टी प्यालेसमा वृहद् अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रमकाे उद्घाटन गर्दै विद्यालयका प्रिन्सिपल डिएन अधिकारीले अहिलेकाे समयसन्दर्भ अनुसार प्रविधि र संस्कारयुक्त शिक्षालार्इ एकैसाथ अघी बढाउने कार्य कसरी सम्भव हुन सक्छ भन्ने सम्बन्धमा अाफूहरू निरन्तर निरन्तर रूपमा लागिरहेकाे बताउनुभयाे । कार्यक्रम अायाेजनाकाे अाैचित्य र अावश्यकता बारे समेत प्रकाश पार्नुभएका अधिकारीले अभिभावक अभिमुखीकरण कार्यक्रममा उपस्थित अभिभावकहरूलार्इ स्वागत समेत गर्नुभएकाे थियाे ।
अभिमुखीकरण कार्यक्रमका मुख्य अाकर्षणकाे रूपमा उपस्थित हुनुभएका विज्ञ तथा चर्चित व्यक्तित्व डा. तारा प्रसाद गिरीले अभिभावकहरूलार्इ निकै सरल र मिठास प्रस्तुतीकाे साथ अभिभावकहरूलार्इ अाफ्ना छाेराछाेरीलार्इ कसरी असल र संस्कारयुक्त बनाउने भन्ने सम्बन्धमा अाफ्नाे गहन विज्ञता प्रस्तुत गर्नुभएकेा थियाे । उहाँले बालबालिकाहरूकाे मनाेविज्ञान बुझेर साेही बमाेजिम सकारात्मक दिशामा उत्प्रेरित गर्नुपर्ने अावश्यकता रहेकाे बताउनुभयाे, साथै अभिभावकहरूलाइ निकै महत्वपूर्ण टिप्सहरू समेत प्रस्तुत गर्नुभएकाे थियाे । उहाँकाे प्रस्तुतीले अभिभावकहरू निकै नै उत्साहित भएका थिए ।
उक्त कार्यक्रममा उपस्थित अभिभावकहरू मध्ये अलि उत्सुक देखिनुभएका इश्वर तिवारी र चिरन्जिवी अर्यालले उक्त कार्यक्रम अायाेजना गरेकाेमा अायाेजक विद्यालय नेशनल माेडललार्इ धन्यवाद दिँदै अाफूहरूलार्इ पनि उपस्थित हुने अवसर दिनुभएकाेमा कृतज्ञता समेत व्यक्त गर्नुभयाे । साथै उक्त कार्यक्रमले अाफूहरूलार्इ असल अभिभावक बन्नकाे निम्ति निकै प्रेेरित गरेकेा बताउँदै अाफूहरूले कार्यक्रम मार्फत सिकेका कुराहरू व्यावहारिक रूपमा लागु गर्ने समेत बताउनुभयाे । उहाँहरूले अाफूहरूलार्इ खुसी र उत्साहित मात्र नभर्इ एक असल अभिभावक बन्नकाे निम्ति अाफूमा हुनुपर्ने महत्वपूर्ण गुणहरूकाे बारेमा समेत ज्ञान प्राप्त हुनुलार्इ निकै महत्वपूर्ण उपलब्धि हुने समेत बताउनुभएकाे छ ।
कार्यक्रमलार्इ थप राेचक र उत्साहित बनाउन बीच-बीचमा विद्यार्थीहरू द्वारा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएकाे थियाे ।
उक्त कार्यक्रममा करिब ६ सय ५० अभिभावकहरूकाे उपस्थिति रहेकाे विद्यालयका इन्चार्ज कमल प्रसाद पाेख्रेलले सेताेघर डट कम सँगकाे कुराकानीमा बताउनुभएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij