विद्यालय सरोकार समाज, बुढानिलकण्ठले बुढानिलकण्ठ नगरपालिकाका विद्यालयहरुका प्रतिनिधिको सहभागितामा पाठ्यक्रम निर्माण सम्बन्धि एक दिने आवासीय गोष्ठी आयोजना गरेको छ।
थाहा नगरपालिकाको चित्लाङमा भएको आवासीय छलफल कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकामा संचालित सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधि ,नगर शिक्षा समितिका प्रमुख तथा प्रतिनिधि लगायत बिज्ञहरुको सहभागिता रहेको थियो।
सो आवासीय कार्यक्रममा पाठ्यक्रम निर्माण ,शैक्षिक योजना निर्माण ,कक्षा ११ को कक्षा संचालन तथा पाठ्यक्रम निर्माण र बुढानिलकण्ठ नगरपालिकाको स्थानीय पाठ्यक्रम निर्माण लगायतका विषयमा पाठ्यक्रम विकास केन्द्रका निर्देशक डा.रामचन्द्र पाण्डे र बुढानिलकण्ठ नगर शिक्षा कार्यालयका प्रमुख नवराज नेपालले प्रशिक्षण प्रदान गरेका थिए।
यो गोष्ठी मा नगरपालिकाका विद्यालय सुधारका लागि गर्नु पर्ने काम र तयारी तथा नगरपालिकाको शैक्षिक विकासमा विद्यालयहरुको भूमिकाका वारेमा छलफल भएको समाजका अध्यक्ष खेमराज घिमिरेले बताए।त्यस्तै उक्त कार्यक्रमले स्थानीय पाठ्यक्रमको ढाँचा र निर्माणमा हाम्रो योगदान कसरी रहन्छ भन्नेमा पनि छलफल गरिएको पनि घिमिरेले बताए।
निलकण्ठ नगरपालिकाका ४ दर्जन भन्दा बढी सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको सो आवासीय गोष्ठीमा व्यवसायिक तथा पेशागत सुरक्षाको विषयमा पनि छलफल भएको विद्यालय सरोकार समाज, बुढानिलकण्ठका सचिव समीर बास्तोलाले बताए।उनले विद्यालयको विकास र अग्रगतिमा निकै सकारात्मक भूमिका खेल्ने उपयोगी कार्यक्रम रहेकोले यस बाट निकै फाईदा पुगेको बताए।