शेयर बजार परिसूचक नेप्सेमा बुधवार सामान्य अंकले सुधार देखिएको छ ।
नेप्से बुधवार २ दशमलव ८१ अंकले बृद्धि भई एक हजार २ सय ४२ दशलमव ७ अंकमा पुगेको छ ।
कारोबार भएका १० कम्पनी समूह मध्ये टेलिकम बाहेक बाँकी सबै समूहको उपसूचक उकालो लागेको छ । नेप्से उकालो लागेपनि कारोबार रकममा भने ९ करोड रुपैयाँले गिरावट आएको छ ।
सबै भन्दा बढी बीमा समूहको उपसूचक १८ दशमलव ६६ अंकले बढेको छ ।
नेप्सेमा आज एक सय ६२ कम्पनीका ४ हजार ४८ कारोबारबाट ६ लाख ३५ हजार १० कित्ता शेयर किनबेच भए ।
जसअन्र्तगत २१ करोड ४८ लाख २ हजार १ सय ३७ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij