२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नेपाल विधार्थी संघ नुवाकोटले गर्यो प्रधानमन्त्री केपी ओलीको पुत्लादहन

नेपाल विधार्थी संघ नुवाकोटले गर्यो प्रधानमन्त्री केपी ओलीको पुत्लादहन

दिपक घिमिरे । बिदुर । कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विधार्थी संघ नुवाकोटले आज प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ |सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गराएको तर नियन्त्रणमा गम्भीर नभएको भन्दै नेपाली विद्यार्थी संघले देशभर बिरोध प्रदर्शनको क्रममा नुवाकोटमा पनि प्रधानमन्त्रीको पुत्ला दहन गराएर बिरोध गरेको छ ।

नेविसंघ साविक क्षेत्र नं. ३ को आयोजनामा विदुर स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयबाट निकालिएको बिरोध र्यालीले विदुरको विभिन्न स्थानको परिक्रमा गर्दै बिरोध प्रदर्शन गरेको  क्षेत्रीय सभापति बिजय गुरुङले बताए। बिरोध र्यालीको क्रममा प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिनको लागी धरकपड गरेपछि विभिन्न स्थानमा तीन वटा पुत्ला जलाइएको छ । प्रहरीको धरकपड एवं दबाबका बीच विभिन्न स्थानबाट निकालेको बिरोध र्यालीले ‘खोक्रो राष्ट्रवाद, जनतालाई बाढेका झुट्टा आश्वासन र भ्रमको खेतीले गठन भएको अहिलेको सरकारले सर्वसत्तावाद र अधिनायकवाद अवलम्बन गर्दै दैनिक उपभोग्य सामाग्रिको मूल्यबृद्धि गरेको भन्दै फिर्ता लिनको लागी गम्भीर हुन सरकारलाई आह्वान गरेको छ । नेविसंघले बिरोध र्यालीमा हस्तक्षेप गरको भन्दै प्रहरी र मूल्य बृद्धि गर्ने सरकार विरुद्ध कडा नारा लगाएर माग पूरा नभए आन्दोलन अझै कडा पार्दै लैजाने बताएका छन् ।

बिरोध र्याली तथा पुत्ला दहनको समापनमा काँग्रेसका पूर्व जिल्ला सभापति धुव्र अधिकारी, जिल्ला सचिव सुरेन्द्रराज अधिकारी, नेविसंघका जिल्ला अध्यक्ष उत्तम पाठक नेबिसंघका जिल्ला सचिब संकर पाण्डे , नेपाल बिदार्थी संघका कोषाधक्ष्य स्वेच्छा उप्रेती   महिला नेतृ गिता अमात्य लगाएतले वर्तमान सरकारले सर्वसाधारण जनतालाई प्रत्यक्ष असर गर्ने गरी कमिसनको खेलमा दैनिकी उपभोग्य सामाग्रिको भाउ अत्याधिक बढाएको, इन्धनको मूल्य पटक पटक बृद्धि गरेको भन्दै चरणबद्ध आन्दोलन जारी रहने उद्घाण गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij