म्याग्दी स्थित मालिका गाउँपालिका ३ मा एकै घरका दुई बुहारी गत बैशाख २ गते देखि वेपत्ता भएका छन्।
यसरी वेपत्ता हुनेमा देउरानी चिना बुढा र जेठानी मोममायाँ बुढा रहेका छन । विहानको खाना खाइसकेपछि दुर्व जना घरपरिवारबाट सम्पर्कविहीन भएको उनका ससुरा लालबहादुर बुढाले जानकारी दिएका छन । उनले भने,“‘हामी घरका अरु सदस्य नभएको समयमा उनीहरू दुवैजना घरबाट निस्किएका थिए, आफन्त र नातागोता सबैकोमा खोजी गर्यौं तर केही पनि पत्ता लाग्न सकेन ।”
खोजी कार्यको लागि इलाका प्रहरी कार्यालय, दरबाङमा तस्वीरसहित आवश्यक हुलिया दिएर खोजीकार्यका लागि निवदेन दिए पनि अहिलेसम्म प्रहरीले समेत उनीहरूको अवस्थाबारे कुनै जानकारी पाउन नसकेको बताइएको छ । चिनाका श्रीमान् गाउँमै रहेका छन् ।
साउदीमा रहेका ओममायाँका श्रीमानसमेत आफ्नो श्रीमती घरबाट भागेर गएपछि घर फर्किएका छन्। घरपरिवारको सम्पर्कविहीन बनेकी चिनाले दुई वर्षीया छोरीसमेत घरमै छाडेर उनी बेपत्ता भएको घरपरिवारले जनाएको छ । उनीहरु सँग भएको मोवाइल स्विच अफ गरेका कारण खोजी गर्न गाह्रो भएको उनका आफन्तजनले जनाएका छन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij