२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

आयल निगमका कार्यकारी निर्देशक खड्काद्वारा राजीनामा

आयल निगमका कार्यकारी निर्देशक खड्काद्वारा राजीनामा

जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेका आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएका छन्।  उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मलेन आयोजना गरी खड्काले राजिनामा दिएको जनाएका छन्।

विगत ९ महिनादेखि आफूलाई भूमिकाविहीन बनाएर राखिएको तथा बदनाम बनाउने खेल चौतर्फी हुन थालेको दाबी गर्दै उनले राजीनामा दिएको बताएका छन्।

‘मैले निगममा धेरै नीतिगत सुधार समेत गरेको थिएँ तर त्यसलाई छायाँमा पार्ने र बदनाम गर्ने कार्य मात्र गरियो’ खड्काले भने, ‘९ महिनामा त सन्तान पनि जन्मन्छ। तर मलाई यत्तिका अवधिसम्म भूमिकाविहीन बनाएर राखियो। त्यसैले राजिनामा दिएँ।’ खड्काले आफूले प्रधानमन्त्री र उद्योगमन्त्रीका लागि राजीनामा दिएको प्रतिक्रिया दिएका छन्। खड्कालाई निगममा हुँदा इन्धन भण्डारण क्षमता बढाउन आवश्यक जग्गा खरिद प्रक्रियामा अनियमितता गरेको आरोप लागेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij