२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

बजेटले आशा धेरै जगाएको छ : ग्रिल महासंघ

बजेटले आशा धेरै जगाएको छ : ग्रिल महासंघ

कार्यान्वयन हुनेमा महासंघ आशावादी

अध्यक्ष मोहन कटुवाल

नेपाल सरकारले आ.ब.२०७५।७६ को लागि प्रस्तुत गरेको बजेटको ग्रील तथा स्टील ब्यवसायी महासंघले स्वागत गरेको छ ।
देशको श्रोत साधन र दातृ निकायबाट प्राप्त हुन सक्ने सम्भावित सहयोगलाई मध्यनजर गरि बजेट ल्याइएको भन्दै उक्त बजेटले सन्तुलित रुपमा धेरै क्षेत्र समेट्न सफल रहेको महासंघका अध्यक्ष मोहन कटुवालले बताएका छन् । पुर्वाधार विकासलाई विशेष महत्व दिईएको उक्त बजेटले आयातलाई प्रतिस्थापन गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने महासंघको धारणा छ ।

लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धनमा समेत बजेटले विषेश सम्बोधन गरेको बताउँदै अर्को बर्षको बजेट तर्जुमा गर्ने क्रममा हरेक स्थानिय निकायमा कम्तिमा एउटा उद्योग ग्रामको स्थापनाको लागि पहल गर्नुपर्ने, उद्योगले पाउने सुविधा, सहयोग र पुर्वाधार विकास एकै ठाउँबाट प्रवाह गर्न एकल बिन्दु सेवा केन्द्रको स्थापना गनुपर्ने, स्वेशी वस्तुको प्रयोगलाई प्राथमिकता दिनुपर्ने, उद्योगलाई आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि सबै प्रदेशमा प्राविधिक शिक्षालयको स्थापना गर्नुपर्ने, सीप भएका युवालाई प्रमाणपत्र धितोमा ऋण दिने, बिदेशबाट फर्किएका युवालाई ऋण लगायतका महत्वपूर्ण सुझाव सहितको ज्ञापनपत्र समेत महासंघले सार्वजनिक गरेको छ ।

बजेट प्रभावकारी रुपमा कार्यान्वयन हुनेमा विश्वस्त रहँदै महासंघले बजेटले निरासा भन्दा बढी आसा जगाएको समेत जनाएको छ ।
बजेट कार्यान्वयनमा सरकार तह, निजी क्षेत्र र जनता सबैले आफनो आफनो सकारात्मक र सहयोगी भुमिका निर्वाह गर्नुपर्ने महासंघको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij