२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

संघीय सरकारको पहिलो बजेट अाज सार्वजनिक

संघीय सरकारको पहिलो बजेट अाज सार्वजनिक

संघीय सरकारले आर्थिक वर्ष २०७५-७६ का लागि मंगलबार पहिलो वार्षीक बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।


राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि तोकेको बजेट सिलिङ आसपास रहेर बजेट आउने अर्थ मन्त्रालय श्रोतले जनाएको छ । सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले अपराह्न ४ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट घोषणा गर्दैछन् । संघीय सरकारले ल्याउने पहिलो बजेट भएकाले पनि यस पटकको बजेटलाई चासोका साथ हेरिएको छ । त्यस्तै कर्मचारीलाई उत्साहित बनाउन पनि उनीहरुको तलवभत्ता बढाउने गरी बजेट निर्माण गरिएको बताइएको छ । यसअघि कर्मचारीको तलव बढाउने कि नबढाउने भन्नेमा विवाद देखिएको थियो ।

त्यसअघि आजै बजे बस्ने मन्त्रिपरिषद बैठकले अर्थमन्त्रालयले तयार गरेको बजेट तथा कार्यक्रम पास गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij