२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

महासंघलाई गतिशिल बनाउने यस्ता योजनाहरु सहित चन्द्र थापाको उम्मेदवारी

महासंघलाई गतिशिल बनाउने यस्ता योजनाहरु सहित चन्द्र थापाको उम्मेदवारी

ग्यास विक्रेता महासंघ नेपालको पाँचौ साधारणसभा तथा तेस्रो राष्ट्रिय महाधिवेसनबाट भोलि नयाँ नेतृत्व चयन हुँदैछ । नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा उम्मेदवारी दिनेहरुमा हालको महासंघका धेरै पदाधिकारी अगाडि देखिएका छन् ।

महाधिवेसन सम्पन्न गर्न देशभरका ग्यास व्यवसायीहरु आज काठमाडौंमा आइसकेका छन् । अधिकांश व्यवसायीहरु महासंघलाई नयाँ गति दिने कार्यमा चन्द्र थापाको भूमीका महत्वपूर्ण रहेको कारण थापा नै अध्यक्ष बन्नुपर्छ भन्ने पक्षमा समेत देखिएका छन् । नयाँ नेतृत्वको लागि उम्मेदवारी दिन लागेको थापा जिल्ला संघ काठमाडौंको नेतृत्व हुँदै हालको कार्यकालमा महासचिव रहेका व्यक्ति हुन् । जनमाहोल हेर्दा पनि उनको पक्षमा बलियो सम्भावना देखिएको छ । स्मरण रहोस्, पद भन्दा पनि कामलाई प्रमुखता ठान्ने र निरन्तर साथीहरुसँग सहकार्य गर्ने व्यक्ति भएकै कारण उनी व्यवसायीहरुको निम्ति आशा गरिएका पात्र हुन् ।

ग्यासको व्यवस्थित बजार र आत्मनिर्भर कारोबारमा विशेष जोड दिँदै आएका थापा लामो समय देखि उपभोक्ता जागरण अभियानमा समेत निकै नै सक्रिय रहँदै आएका व्यक्ति हुन् । ग्यास कारोबारलाई व्यवस्थित गर्नको निम्ति बिक्रेता प्रमाणिकरण, ग्यास डिलरको बिमा तथा सचेतना विस्तारको निम्ति आफूहरुले विशेष जोड दिँदै आएको समेत उनले बताए । भूमीका निर्वाह गर्दै आएका थापा उनको जागरुकता र सक्रियताको कारण नै व्यवसायीहरु बीच निकै नै रुचाइएका हुन् ।

सम्पूर्ण ग्यास व्यवसायीहरुलाई व्यावसायिक हितको निम्ति विभिन्न तहबाट एकीत्रित गर्न सफल थापाले ग्यास व्यवसायीहरुको कमिसन बढ्नुपर्ने कुरालाई समेत जोडदार रुपमा उठाउँदै आएका छन् । ग्यास व्यवसायीले प्राप्त गर्ने कमिसन बढाएर ५ प्रतिशत पुर्याउने अवस्था नभएको सरोकारवाला निकायले बताउँदै आएका छन् । तर कच्चा तेलको मूल्य घट्ने बित्तिकै आफ्ना मागहरु समेत सम्बोधन हुनेमा समेत विश्वस्त छन् थापा । महासंघको नेतृत्वमा व्यवसायीहरुको कमिसन वृद्धि संयोजक समेत रहेका र यस सम्बन्धमा निरन्तर छलफल चलाइरहेका थापाले सबै व्यवसायीहरुलाई यसमा ढुक्क हुन समेत थापाले आग्रह गरेका छन् ।


अहिले मुलुक राजनीतिक स्थायित्व सँगै बहुमत प्राप्त स्थायी सरकार भएको कारण अब आफूहरुका मागहरु सम्बोधन हुनेमा समेत थापा विश्वस्त छन् । पछिल्लो समय नेपालमा ग्यास व्यवसायमा मुनाफा निकै कम रहेको कारण कतिपय उद्योगहरु समेत आफ्नो खर्च धान्न नसकी मर्ज हुने क्रम समेत शुरु भएको छ । दैनिक जीवनयापन खर्च बढेको, बैंक व्याज र लगानी समेत बढेको कारण यो व्यवसाय अहिले निकै नै सङ्कटमा रहेको समेत बताउँछन् थापा ।
महासंघमा नयाँ नेतृत्व चयन हुँदै गरेको पुर्व सन्ध्यामा थापासँग सेतोघर डट कमले महासंघको नयाँ नेतृत्व सम्बन्धमा गरेको संक्षिप्त कुराकानीमा संस्थालाई गतिशिल बनाउनको निम्ति सही व्यक्तिले स्थान पाउनुपर्ने बताउँदै व्यवसायीहरुलाई विवेकपूर्ण ढंगले निर्णय लिन समेत आग्रह गरेका छन् ।
आफू अध्यक्षको लागि नै आकाङ्क्षी देखिएका थापा हलको निर्णय नै सर्वोपरि भएको कारण हलको निर्णयलाई नै आधिकारिक मान्ने समेत बताउँछन् । साथै नयाँ नेतृत्व छनौटको निम्ति सर्वसम्मत रुपमा निर्णय हुन सके यस व्यवसायलाई व्यवस्थित गर्नको लागि गरिएको पहलको समेत सम्मान हुने थापाको धारणा छ । यसबाट जागरुक र सृजनशिलताको समेत सम्मान हुनेमा थापाले जोड दिएको समेत देखिएको छ ।

अहिलेको कार्यकालमा ज्ञानेश्वर अर्याल नेतृत्वको कार्यसमिति निकै नै सफल भएको र व्यवसायीहरुका अधिकांश समस्याहरु समाधान भएपनि कमिसन वृद्धि लगायतका केही विषयहरु भने तत्काल सम्भव नभएको कारण यसलाई थप गतिशिल बनाउनको निम्ति नयाँ कार्यसमितिले सोही बमोजिम काम गर्नुपर्ने जिम्मेवारी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij