२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

कोही छटपटाउनु पर्दैन, हामी देश बनाउँछौं

कोही छटपटाउनु पर्दैन, हामी देश बनाउँछौं

केपी शर्मा ओली, प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली दुई तिहाई बहुमतको नेतृत्व गरी प्रधानमन्त्री चुनिएर विश्वासको मत समेत हासिल गर्नु भएको छ । (नेकपा) एमाले र नेकपा (माओवादी–केन्द्र) को संयुक्त तालमेल तथा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी समेतको समर्थनमा क्रियाशिल वर्तमान सरकार नेपालको आधुनिक इतिहासकै सबभन्दा सबल सरकार हो भन्दा अत्युक्ति नहोला । पहिलो कार्यकाल नौ महिना सरकारको नेतृत्व गरेर हटाइनु भएका ओलीले त्यतिबेला भारतीय नाकाबन्दीको दृढतापूर्वक सामना गरेर आम आम रुपमा नेपालीहरुको लोकप्रियता हासिल गर्नु भएको थियो । नवगठित सरकारले प्राप्त गरेको जनमतको जग मूलतः दृढ अडान र त्यसबेलाका जनपक्षीय काम नै रहेको स्पष्ट छ ।

भारतसँगको तिक्त सम्बन्धलाई सामान्यीकृत गरेर मुलुकलाई विकास र समृद्धिको नयाँ युगतर्फ अग्रसर गराउनु उहाँ नेतृत्वको यस सरकारको प्रमुख जिम्मेवारी रहेको छ । यस घडीमा सफल ढंगले राष्ट्रको नेतृत्व गर्दा लामो समयसम्म मुलुकको नेतृत्व नेपाली कम्युनिष्टहरुले गरिरहनु सम्भव हुनेछ । खासगरी पश्चिम बंगाल, त्रिपुरा र केरलामा जनमतमार्फत नेतृत्व कम्युनिस्ट पार्टीले हासिल गरेको सफलता पुनरावृत्ति, प्रयोग र अभ्यास यहीँ अझ बिस्तारित रुपमा नै हुनेछ । यदि सफलतापूर्वक यस कार्यभारको नेतृत् वगर्न नसक्दा यो स्तरको सफलता अन्तिम अवसर जस्तै हुने खतरा पनि विद्यमान छ ।

प्रस्तुत छ, अाेलिसँगकाे कुराकानीमा अाधारित रही तयार गरिएकाे याे सामाग्री ः
आजको परिस्थितिमा नेपाललाई कसरी अगाडि बढाउने, प्राप्त उपलब्धिहरुको कसरी रक्षा, सुद्दढीकरण र जनताको हितमा प्रयोग गर्ने, राष्ट्रिय एकतालाई कसरी मजबुत बनाउने र आजको आर्थिक अबस्थाबाट समृद्ध नेपालको अवस्थामा कसरी उठाउने भन्नेबारे हामलाई ठुलो चिन्ता रहेको छ । आजको परिस्थिततिमा नेपाललाई यसका निम्ति हामीसँग लामो समय छैन, धेरै विचार–विमर्श र छलफल गरेन जान सक्दैनौं । दिनहरु त उत्तिकै लामा हुन्छन् तर समय बडो तीव्र गतिका साथ चल्छ । यदि उन्नइसौं शताब्दी र बीसौं शताब्दीलाई तुलना गर्यौं भने ती शताब्दीहरुको गतिमा विशाल अन्तर रहेको छ । यदि बीसौं र एक्साइसौं शताक्ब्दीहरुको गतिको तलना ग¥यौं भने असाधारण भिन्नता छ । आखिर शताब्दी त उही हो नि ? त्यसकारण अब विकास प्रक्रिया सामान्य गतिमा होइन, तीव्र गतिमा अगाडि बढ्छ ।

विकासका प्राथमिकताहरुः
हामीले केही लक्ष्य तय गरेका छौं । अन्तर्राष्ट्रिय सन्दर्भमा भन्दा यसलाई दुइवटा अर्थमा भन्न सकिन्छ । एउटा अल्पविकसित वा कम विकसिबाट तीन वर्षमा विकासशील देशमा आफूलाई स्तरोन्नति गर्नु छ । अर्को, दीगो विकास लक्ष्य –२०३० प्राप्त गर्नुपर्ने छ, जसभित्र १७ वटा लक्ष्य छन्, गरिवी निवारण, भोकमरीको अन्त्य, स्वास्थ्यको स्तर, शिक्षाको स्तर, वातावरणीय कुराहरु, पूर्वाधारहरु निर्माण आदि पूरा गर्नुपर्ने छ । साथै यसभित्र सामाजिक, सांस्कृतिक र राजनीतिक पक्षहरु छन् । सामाजिक चेतना, साक्षरता, शिक्षा, मानव स्रोत साधनको विकासको हिसाबले असाधारण विकासका पक्षाहरु छन् । यसभित्र आकाङ्क्षाहरु छन् । संयुक्त राष्ट्रसंघ आफैले पनि र दुनियाले पनि यसलाई महत्वाकाङ्क्षी योजना लागेको छ भने हामी जो पछाडी परेका छौं, जस्ले पछाडिबाट दौडिएर अगाडि पुग्नु र त्यो महत्वाकाङ्क्षालाई छुनु अथवा त्यस लक्ष्यमा पुग्नु त्यति सजिलो छैन् । यी कामरुको तयारीमा म लागेको छु, प्रधानमन्त्री ओली भन्नुहुन्छ ।

अभियानमा संरचनागत समस्याहरु 
हामीले केही लक्ष्य तय गरेका छौं । अन्तर्राष्ट्रिय सन्दर्भमा भन्दा यसलाई दुईवटा अर्थमा भन्न सकिन्छ । एउटा अल्पविकसित वा कम विकसितबाट तीन बर्षमा विकासशील देशमा आफूलाई स्तरोन्नति गर्नु छ । अर्को दीगो विकास लक्ष्य–२०३० प्राप्त गर्नुपर्ने छ । जसभित्र १७ वटा लक्ष्य छन्, गरिबी निवारण, भोकमरकिो अन्त्य, स्वास्थ्यको स्तर, शिक्षाको स्तर, वातावरणीय कुराहरु, पूर्वाधारहरु निर्माण आदि पूरा गर्नुपर्नेछ । साथै, यसभित्र सामाजिक, सांस्कृतिक र राजनीतिक पक्षाहरु छन् । सामाजिक चेतना, साक्षरता, शिक्षा, मानव स्रोतसाधनको विकासको हिसाबले असाधारण विकासका पक्षहरु छन् ।

वातावरणीय कुराहरु, पूर्वाधारहरु निर्माण आदि पूरा गर्नपर्ने छ । साथै, यसभित्र सामाजिक, सांस्कृतिक र राजनीतिक पक्षहरु छन् । यसभित्र आकाङ्क्षाहरु छन् । संयुक्त राष्ट्रसंघ आफैले पनि र दुनियाले पनि यसलाई महत्वकाङ्क्षी योजना लागेको छ भने हामी जो पछाडि परेका छौं, जसले पछाडिबाट दौडिएर अगाडि पुग्नु र त्यो महत्वाकाङ्क्षालाई छुनु अथवा त्यस लक्ष्यमा पुग्नु त्यति सजिलो छैन । यी कामहरुको तयारीमा म लागेको छु । भूकम्पबाट प्रभावित पुनर्निर्माणका काम पनि बाँकी रहेका छन् । यस्तो अवस्थामा हामी समस्याहरुको चाङमा छौं, स्रोतहरुको अत्यन्त सीमितता छ । अर्थतन्त्र नाजुक अवस्थामा छ र ठूला अभिभाराहरुको सम्मुखमा छौं । चुनौतीहरु हाम्रा अगाडि छन् । तर, हामी यिनीहरुबाट भाग्दैनौं । यी समस्याहरुको सामना गछौं । त्यसैको तयारी अहिले भइरहेको छ ।

देशको समृद्धिमा प्रधानमन्त्री ओली :

कनुै पनि देशले धनी भएर विकास गरेका हुदैनन् । जुनसुकै देशले विकास गर्छ र धनी हुन्छ । ठूला ठूला जनसंस्या र भूगोल भएका, पछाडि परेका र गरिबीमा रहेका देशहरु पहिले नै विकसित भएर धनी भएका होइनन् । उनीहरुले धनी भएर र पैसा भएर विकास गरेका होइनन् । उनीहरु धनी पनि थिएनन्, विकसित पनि थिएनन् । विकास गर्नुपर्छ भनेर अठोट गरे र धनी भए । हामीसँग उर्वर धर्ती छ, यस धर्तीमा प्राकृतिक स्रोतहरु असाधारण छन् । हामीसँग खनिज छ जलस्रोत छ । वैकल्पिक ऊर्जाको सन्दर्भमा सौंर्य ऊर्जाको मात्र कुरा गर्यौ भने त्यसका निम्ति साह्रै राम्रो भुगोल, परिवेश र परिस्थिति छ । एवमरितले तालतलैया, नदी, झरनाफाटहरु छन् । हरिया पहाड हैर्दैमा तपाईले थाहा पाउनु सक्नुहुन्छ । ती कति उर्वर छन् । विकासका निम्ति भूगोल, वातावरण र स्रोत कस्तो छ ? यी प्रश्न मूख्य हुन् । प्रकृतिको कुरा मात्र होइन, हाम्रो ऐतिहासिकता र धार्मिकता पनि अनुपम छ । हाम्रो प्रकृतिको सुन्दरता, जादुमय आश्र्रचयमय बनावट, त्यसका धर्तीका निम्ति योगदान, त्यसले सिर्जना गरेको जैविक र वनस्पतीय विविधता, हाम्रो गौंरवपूर्ण इतिहास, जहाँ सभ्यता, संस्कृति, कला, साहित्य, धर्मजस्ता अनेक चीज यसको पृष्ठभूमिमा रहेका छन् । ती दर्शनीय छन् । प्राथनीय छन् र रमणीय छन् । यी सबै चीज हाम्रो विकासका आधारभुत हुन् ।

केही दशकपछि बनावटमा फरक पर्ला तर आज जतिबेला हामी विकास र समृद्धिको कुरा गरिरहेका छौं । यतिबेला हाम्रो जनसंख्या युवा छ । हामीसँग युवा जनशक्ति छ अहिले पनि चालिस पचास लाख युवा कामको खोजीमा बाहिर छन्, अथवा अलमलिएका छन् । हामीले रोजगारीका आकर्षक अवसर सिर्जना गरेर तिनीहरुकालाई फिर्ता बोलाउन सक्छौं । आह्वान मात्र गरेर हुँदैन, आकर्षक अवसरहरु सिर्जना गर्नुपर्छ । केही दशकपछि वनावटमा फरक पर्ला तर आज जतिबेला हामी विद्धान पुर्खाका सन्तान हौं । नेपाली धत्र्ति दुनियामा अगाडी थियो, बढि विकसित थियो । धेरै कुरा यहि पैदा भए । वंशाणुगत स्मरण (जनेटिक मेमोरी)ले हामी विकासका कुराहरु छिट्टै सिक्न सक्छौं । किनभने, हामीसँग अरुभन्दा विकसित पुर्खाको वंशाणु जिन छ । त्यसले हामीलाई आधुनिक, वैज्ञानिक र प्राविधिक ज्ञानको उचाइमा जान मद्दत गर्छ । तसर्थ, अलिकति शिक्षा, सीप वा तालिमजस्ता कुरामा ध्यान दिने बित्तिकै मानवीय सम्भावना, मानवभित्रको प्रतिभा, त्यसको पहिचान र विकास गर्ने तथा धर्तीभित्र रहेको प्रतिभालाई अगाडि बढाएपछि हामीले विकास गर्न सक्छौं ।

कार्यान्वयनका लागि बजेटः पैसा दास्रो कुरा हो । पैसाले विकास गर्ने होइन, मान्छेले विकास गर्ने हो । अवधारणा, दूरदृष्टि भिजन र प्रतिबद्धताले विकास गर्ने हो । अनि मात्र पैसाको कुरा आउँछ । पैसा भनेको त क्रण–सापट लिन, सहयोग माग्न, अर्मपर्म र एैचोपैचो गर्न सकिने कुरा मात्र हो । त्यो त्यति ठूलो कुरा होइन । त्यसकारण म भन्न चाहन्छु । पैसा हामीसँग कम छ, तर विकासका लागि पैसा छैन भनेर हिंड्नु पर्दैन । हाम्रा सहकर्मीहरु छन्, साथ दिनेछन्, सहयात्रीहरु छन्, विकासका साझेदारीहरु छन् । हाम्रो देशमा अलिकति गलत ढंगले राजनीति गर्न खोज्ने, विकासका प्रयासलाई बिथोल्न खोज्ने अबुझ वा स्वार्थी तत्वहरु सानो संख्यामा हुन एउटा कुरा हो । तर आम जनता विकासको आकाङ्क्षा राख्छन् । विकासका कामरुमा सरकार यदि समन्वयकारी र नेतृत्वदायी ढङ्गले अगाडि बढ्छ भने साथ दिन्छौं भन्ने मानसिकतामा छन् । ढुकुटि त असारतिर रित्तो भयो भने पनि मंसिरमा भरिइहाल्छ । अहिले जो ऋणात्मक अवस्था छ, यो इतिहासको पछिल्लो पटक हो । यस उप्रान्त ऋणात्मक हुन दिंइदैन ।

हाम्रा सही दृष्टिकोणहरु, नीतिहरु, व्यवहारहरु र प्रतिवद्धताहरु नै यसका कारण हुन् । हामीले झुट बोलेका छैनौं । जनतालाई छक्काएका छनौं । हामी भ्रष्ट होइनौं । भ्रष्टचार गरेका छैनौं, गर्दैनौं । हामीले जतिबेला मौका पायौं । गरेर देखायौं । अल्पमतको सरकार थियो । लामो समय काम गर्न पाएनौं । तर पनि केही ऐतिहासिक र कसैल मेट्न नसक्ने खालका छापहरु छोडेका छौं । हामीलाई गलत ढंगले हटाइयो । एउटा चक्रव्यूह थियो ।, त्यसमा पारियो । तर, हामीले त्यतिबेला हिँडेको बाटोका पैतालाका डोबहरु फेरि पनि मान्छेले देख्छन्, सम्झन्छन् । त्यसैकारण हामी पटकपटक सरकारमा आउन सक्यौं । दुई बर्ष अगाडि धेरै अप्ठ्यारो परिस्थितिमा एमालेले फेरि नेतृत्व गर्ने मौका पायो । व्यक्तिगत तवरमा पार्टीले मलाई जिम्मा दियो । पार्टीका तर्फबाट नेतृत्व गर्न । विगतदेखि हामीले गरेका काम, हामीले लिएका नीति र दृष्टिकोण र हाम्रा कामहरुबाट आर्जित अनुभवहरुलाई ठिक ढंगले प्रयोग गर्ने बाटो मैले लिएँ । जस्तो परिस्थिति थियो, त्यसमा हाम्रो भूमिका के हुनुपर्छ भनेर सोचेको हुँ । मैले आजका पुस्ता मात्र होइन, पूर्खा पनि सम्झिएको हुँ । वर्तमान मात्र होइन, भविश्य पनि हेरेको हुँ । मैले इतिहासका उतारचढाव मात्र सम्झिइन, एक्काइसौं शताब्दीका मूल्य–मान्यताहरु पनि सम्झिएको हुँ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij