लुम्बिनी नजिकैको गद्धिडिहवा गाउँको दिनचर्या सोमबार पनि अन्य दिनझै सामान्य थियो । लुम्बिनी सांस्कृतिक नगरपालिका ११ मा पर्ने यस गाउँको मुस्लिम समुदाय रीतिरिवाजअनुसार मुस्लिम पर्व रमजान मनाईरहेको थियो । 
मध्यानतिर एकाएक गाउँको माहोल बदलियो । पुरै गाउँ शोकमा डुब्यो । साढे ११ बजे नजिकैको नौखनिया भनिने पोखरीमा नुहाउने क्रममा डुबेका चार बालिकाको मृत्यु भएको हो ।
उनीहरु चारै मुस्लिम समुदायका हुन् भने दुई जना एकै परिवारका हुन् ।
मृत्यु हुनेमा स्थानीय सरोबेद्धिन मुसलमानकी छोरी १४ बर्षीया साहबिया खातुन, सौकत अली मुसलमानकी छोरी १० बर्षीया सहमा खातनु, मोहम्मद सरिफ गद्धीकी छोरी १० बर्षिया अविदा खातनु रकम हुसैन गद्धीकी छोरी ९ बर्षीया मुमिना खातुन छन् ।, आजको कान्तिपुरमा यो खबर छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij