मकवानपुर । जिल्लाको मनहरी गाउँपालिका–९, ज्यामिरेमा बाघको त्रास फैलिएको छ । स्थानीय जितबहादुर सुनारको बाख्राको खोरमा पसेको बाघ बाहिर निस्कन नसकेपछि गाउँमा त्रास फैलिएको हो । स्थानीयले दिएको जानकारी अनुसार, खोरमा पसेर २ बाख्राको सिकार गरेर बाघ बाहिर निस्कन सकेको छैन ।
बाघ खोरमै थुनिएपछि अहिले निकुञ्जका कर्मचारी तथा नेपाली सेना बाघ नियन्त्रणका लागि घटनास्थल पुगेका छन् । पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै आसपासका बस्तीमा त्रास फैलन थालेको छ । गत चैत १२ गते मात्रै स्थानीय सरस्वती बर्तौलाको बाघको आक्रमणमा परी मृत्यु भएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij