नेपालका चर्चित ब्राण्डका जुत्ताहरु स्मार्ट शुज, भेनस शुज, सम्राट शुज, केटीएम शुज, फुट स्टेप लगायतका जुत्ताहरु अब पुतलीसडक स्थित पद्दमोदय क्याम्पस मोडमा उपलब्ध हुने भएका छन् ।

काठमाडौंको मुख्य केन्द्रमा रहेको पुतलीसडक स्थित पद्दमोदय मोडको जुत्ता प्रदर्शनी तथा बिक्री केन्द्रबाट ग्राहकहरुलाई थप विश्वास र सहजताको साथ जुत्ता प्राप्त गर्न सक्ने अपेक्षा साथ जुत्ता केन्द्र सञ्चालनमा ल्याइएको हो । यसबाट ग्राहकहरुले समेत आफूलाई आवश्यक परेको समयमा आफ्नो चाहना बमोजिमका जुत्ताहरु सुलभ दरमा प्राप्त गर्न सक्नेछन् । स्कुल तथा कलेज शुज, पार्टी शुज, स्पोर्ट शुज लगायतका सबै किसिमका जुत्ताहरु यहाँबाट उपलब्ध हुनेछन् ।
यस जुत्ता केन्द्रबाट नेपाली गुणस्तरीय जुत्ताहरु वारेन्टी सुविधा सहित प्राप्त गर्न सकिनेछ ।
पद्दमोदय मोडमा जुत्ता बिक्री तथा प्रदर्शनी केन्द्र स्थापना भएसँगै यसबाट उपभोक्ताहरुले विशेष लाभ लिन सक्नेछन् ।
स्वदेशी श्रम र पुँजीको उपयोगबाट निर्माण भएका आधुनिक नयाँ डिजाइनका यी जुत्ताहरु प्राप्त गर्न अब मेला नै कुनुपर्ने वा कम्पनी नै खोज्दै जानुपर्ने अवस्था ग्राहकलाई रहनेछैन । कम्पनी
ले उपलब्ध गराउने सबै किसिमका विक्री पछिका सेवाहरु अब ग्राहकले सहजै पाउन सक्नेछन् ।
आफूहरुले भृकुटीमण्डपमा मेला आयोजना गर्दा समेत फ्रेस जुत्ताहरु नै बिक्री गर्दै आएको र यसबाट उपभोक्ताहरुमा समेत आफूले उपलब्ध गराउने जुत्ताहरु गुणस्तरीय जुत्ताहरु नै हुने बुझिसकेको र बजार विस्तारमा समेत थप सहयोग मिल्ने गरेको भेनस शुजका अध्यक्ष जीवन श्रेष्ठले बताउनुभएको छ । आफूहरुले पहिले नै उपभोक्ताको मन जित्न सफल रहेको कारण आफ्ना उत्पादनहरुको माग बढिरहेको समेत ऊहाँले बताउनुभयो ।

पद्दमोदय मोडमा सञ्चालनमा आएको जुत्ता विक्री तथा प्रदर्शनी केन्द्रबाट शोरुम भन्दा सस्तो मूल्यमा नै अर्थात फ्याक्ट्री मूल्यमा नै जुत्ता प्राप्त गर्न सकिने समेत भेनस शुजका अध्यक्ष जीवन श्रेष्ठले बताउनुभएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij