
कस्तो कम्पनी हो सुजल फुड्स ?
अहिले सुजल फुड्स नेपालको निकै नै ख्यातिप्राप्त कम्पनी बनिसकेको छ । हाल यस कम्पनीको फ्याक्ट्री पोखरामा छ । सेल्ड एण्ड मार्केटिङ कार्य भने काठमाडौंबाट हुँदै आएको छ । विदेशबाट सम्बन्धित क्षेत्रका अन्य वस्तुहरु आयात भइरहँदा पनि कम्पनी र व्यवस्थापन पक्षको विशेष योजनाको कारण आफ्ना उत्पादनहरुलाई सधैं अग्र स्थानमा राख्न सफल यस सुजल फुड्सले उत्पादन गरेका सामानहरु गुणस्तरीय समेत छन् । बजारमा उच्च प्रतिष्पर्धा छ ।
हाल यस कम्पनीका आउटलेटहरु हाल काठमाडौंमा करिब १३००० को हाराहारीमा छन् । यसैगरी देशभर गरी करिब ४८,००० आउटलेटहरु छन् । हाल यस कम्पनी अन्तरगत चोखोपन, हिटगम, सुर्यगम, रसिलो फ्रेसो ललिपप, सुजल गम्स, क्रेभ, योयो, ह्वाइट वर्ड लगायतका उत्पादनहरु छन् ।
नेपालमा लामो समय देखि मार्केटिङ क्षेत्रमा संलग्न रही काम गर्दै आउनुभएका निशि कुमार लामा हाल सुजल फुड्समा नेशनल सेल्स म्यानेजरको रुपमा कार्यभार निर्वाह गर्दै आउनुभएको छ ।
सन् १९९६ देखि वरुण वेभरेज अन्तरगतको पेप्सी कम्पनीमा कार्यरत रहनुभएका ऊहाँले बजार व्यवस्थापन पक्षलाई निकै नजिकबाट नियाल्ने मौका पाउनुभएको छ । काठमाडौं, पोखरा, नेपालको पूर्वी क्षेत्र लगायत देशका विभिन्न क्षेत्रमा बजार व्यवस्थापनको काम गर्दै आउनुभएका लामा बजारीकरण आफैंमा प्राविधिक क्षेत्र समेत रहेको बताउँदै आफू संलग्न कम्पनीलाई माथि उठाउनको निम्ति मार्केटिङ पक्ष निकै बलियो हुनुपर्ने कुरामा विशेष जोड दिनुहुन्छ ।
यो कम्पनी नेपालमा विगत ४४ बर्ष पहिले देखि सञ्चालनमा छ । हाल यस कम्पनीका डिलरहरु काठमाडौंमा १० ओटा छन् । उच्च प्रतिष्पर्धाको माझ पनि नेपालमा आफ्नो कम्पनीका उत्पादनहरुले करिब ८० प्रतिशत बजार हिस्सा ओगट्न सफल रहेको र उत्पादनको गुणस्तरीयताको कारण यो सम्भव भएको बताउँदै कम्पनीका नेशनल सेल्स म्यानेजर निशि लामाले भन्नुहुन्छ, ‘हामीले क्वालिटीमा विशेष ध्यान दिँदै आएका छौं ।’
बजार ः
अहिले नेपालका उत्पादित सामानहरुलाई बजारीकरण गर्ने क्रममा राम्रो सिष्टम समेत बन्न नसकेको लामाको अनुभव छ । यद्यपि गुणस्तरीयतामा जान सकेको र आफू मातहतका कर्मचारी तथा वितरक र व्यवसायीहरुलाई सन्तुष्ट बनाउन सकेको खण्डमा आफ्ना उत्पादनले बजार लिन भने समस्या नहुने भन्दै ऊहाँ भन्नुहुन्छ । ‘सुजल फुड्सले वितरक र ग्राहकहरुलाई सन्तुष्ट बनाएर नै हाम्रा गतिविधिहरु अघी बढाएको छ ।’
आफूहरुले वितरक तथा व्यवसायीहरुलाई नजिकबाट विजनेश पार्टनरको रुपमा हेरेर अघी बढेको कारण नै आफूहरु अहिलेको अवस्थामा आउन सफल रहेको लामाको धारणा छ ।
कम्पनीले उत्पादन गरेका सामानहरु कसरी बजारमा लैजाने भन्ने कुरा निकै महत्वपूर्ण रहने बताउँदै सुजल फुड्सले विगतमा डाइरेक्ट मार्केटिङ सिष्टम अनुसार नै काम गर्दै आएकोमा अब भने आउटलेटहरुको माध्यमबाट मार्केटिङ गर्ने योजनाको साथ अघी बढेको लामाले बताउनुभयो ।
यसकारण महत्वपूर्ण छ बजारीकरण ः
बजारमा आफू कसरी प्रस्तुत हुने र आफ्ना उत्पादनहरुलाई बजारमा लैजाने क्रममा कस्तो रणनीति अपनाउने भन्ने कुरालाई पहिले नै निश्चित योजनाको साथ अघी बढ्न सकेको खण्डमा नै कम्पनीलाई माथि उठाउन सकिने लामाको अनुभव छ । यसको लागि सम्बन्धित क्षेत्रको राम्रो ज्ञान र अनुभव भएको व्यक्तिलाई जिम्मेवारी दिनु आवश्यक रहने समेत लामाले बताउनुभएको छ । सोही बमोजिम आफू संलग्न रहेको कम्पनीलाई माथि उठाउनको निम्ति निश्चित योजनाको साथ लामा निरन्तर रुपमा काममा खटिँदै आउनुभएको छ । साथै आगामी दिनमा समेत सुजल फुड्सको बजाल हिस्सा बढाउने र यस अन्तरगतका उत्पादनहरुलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्ने आफ्नो योजना रहेको समेत लामाले बताउनुभएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij