२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

सिसासको १७२ औँ साहित्यिक संगम सम्पन्न

सिसासको १७२ औँ साहित्यिक संगम सम्पन्न

शशि पन्थी, भैरहवा । सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा रुपन्देहीको १७२ औँ नियमित मासिक साहित्यिक संगम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै साहित्यकार युवराज शर्मा खनालले साहित्यको श्रीवृद्धिमा सिसासले खेलेको भुमिकाको प्रशंसा गर्दै सिसासले युवाहरुलाई साहित्यमा डोहोर्याउन थप नयाँ कार्यक्रम र योजनाका साथ अंगाडी बढ्नुपर्ने बताएका थिए ।

अतिथिको मन्तव्य राख्दै गजलका धरोहर प्राज्ञ बूँद रानाले स्रष्टाहरुले देश र राष्ट्र संग सम्बन्धीत रचनाहरु लेखेमा ती रचनाहरु सधै अजर अमर र कालजयी हुने बताएका थिए । सिद्धार्थनगरमा क्रियाशिल साहित्यिक संस्था सिसासले नियमित रुपमा प्रत्येक महिनाको तेस्रो शनिबार भैरहवाको श्री लिलाराम न्यौपाने मा.वि.मा गर्दै आइरहेको मासिक साहित्यिक संगममा चैतको तेस्रो शनिबारीय श्रीङ्खलाको कार्यक्रममा साहित्यकारहरु कविता देवकोटा रिजाल, राम बहादुर श्रेष्ठ, कमल पोखरेल, गंगा अभिलाषि, राधा ढकाल, धन बहादुर गहतराज, घनश्याम विश्वकर्मा, वासुदेव पोख्रेल, अवधेस लोध, राधा भट्राई लगायतले आ आफ्ना गीत, गजल, कविता, भजन वाचन गरेका थिए । संस्थाका अध्यक्ष सुवास रिजाल यात्रीको अध्यक्षता सदस्य कमल पोखरेलको स्वागत मन्तव्य र सचिव शशि पन्थीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij