२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

व्यक्तित्व विकास तालिम निकै प्रभावकारी रह्यो : प्रशिक्षार्थीहरु

व्यक्तित्व विकास तालिम निकै प्रभावकारी रह्यो : प्रशिक्षार्थीहरु

हिमालय एकेडेमी अफ ट्राभल एण्ड टुरिज्मले रोजगारमा आउन चाहने युवाहरुलाई लक्षित गरेर आयोजना गरेको व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि तालिम निकै नै प्रभावकारी रहेको पाइएको छ ।
यस पटकको तालिम व्यक्तित्व तथा नेतृत्व विकास, समय व्यवस्थापन, बोल्ने क्षमतामा विकास, अन्तरवार्ताको तयारी र प्रस्तुतीकरण लगायतमा केन्द्रित थियो ।


आरएसटिसिएका प्रशिक्षक सुसान्त सर्माले १० दिन सम्म सञ्चालन गरेको यस तालिमको समापन अवसरमा तालिममा संलग्न व्यक्तिहरुले आफूहरुलाई उक्त तालिम निकै नै प्रभावकारी रहेको बताएका हुन् ।
अधिकांश नुवाकोट र धादिङ क्षेत्रका व्यक्तिहरु संलग्न रहेको उक्त तालिमबाट आफूहरुले निकै धेरै कुराहरु बारे बुझ्न सफल भएको प्रशिक्षार्थीहरुले बताएका हुन् । अधिकांश व्यवस्थापनमा अध्ययनरत विद्यार्थीहरु संलग्न रहेको यस तालिमले युवाहरुमा आफु अगाडि बढ्नको निम्ति सबैभन्दा पहिले आफूलाई नै आफैं प्रति सम्बन्धित कामको निम्ति विश्वास हुनुपर्छ भन्ने सन्देश प्राप्त मिलेको बताएका छन् ।

साथै प्रशिक्षण कार्यक्रमको समापनको क्रममा प्रशिक्षणमा संलग्न प्रशिक्षार्थीहरुले आफूहरु १० दिनको तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा उतार्नको निम्ति प्रयत्नशिल रहने समेत बताएका छन् ।

कार्यक्रममा अनुसन्धानकर्ता राजन खरेलले नेतृत्व तथा व्यक्तित्व विकास बाह्य रुपमा मात्र भएर नपुग्ने बताउँदै भित्रै देखि आफैंलाई परिवर्तन गर्न सक्ने किसिमले क्षमता विकास हुनुपर्ने कुरामा जोड दिएका छन् । उनले विचार, आचरण, खानपान, संस्कार लगायतमा समेत सचेत रहन प्रशिक्षार्थीहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रमका प्रशिक्षण कार्यक्रमका संयोजक राजेन्द्र विक्रम शाहले अहिले सम्म आफू विभिन्न क्षेत्रमा संलग्न रही आफूले बटुलेका अनुभव र आगामी योजनाबारे बताउँदै प्रशिक्षार्थीहरुलाई थप हौसला प्रदान गर्नुभयो । टे«निङ एण्ड डेभलपमेन्ट नियमित प्रक्रिया समेत रहेको बताउँदै ऊहाँले आगामी दिनमा उच्च स्तरका तालिमहरु समेत आफूहरुले आयोजना गर्दै जाने ऊहाँले बताउनुभएको छ ।

साथै तालिम लिएका प्रशिक्षार्थीहरुलाई निर्धक्कताको साथ अघी बढ्नको निम्ति कार्यक्रमका प्रशिक्षक सुसान्त सर्माले आग्रह गर्नुभएको छ ।

यस तालिममा सुमन सिं ठकुरी, दीपेश ओझा, प्रदीप कार्की, जमुना बुढाथोकी, उषा कोइराला, सुनिता कोइराला, गंगा बुढाथोकी, बिन्दा थापा मगर, सुजन खरेल लगायत संलग्न रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij