२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

परीक्षामा चिट चोर्न नपाएपछि प्रहरीमाथि राति ढुंगामुडा

परीक्षामा चिट चोर्न नपाएपछि प्रहरीमाथि राति ढुंगामुडा

गमगढी, मुगु – एसईई परीक्षामा चिट चोर्न नपाएको झोकमा परीक्षमा सामेल विद्यार्थी र स्थानीय व्यक्तिले सोमबार परीक्षाको सुरक्षार्थ खटिएका प्रहरीमाथि आक्रमण गरेका छन् ।

सोमबार सञ्चालन भएको एसईई परीक्षाको गाणित विषयमा प्रहरीले चिट चोर्न नदिएको झोकमा प्रभात मावि रोवा केन्द्रको परीक्षा सुरक्षामा खटिएका प्रहरीमाथि राति ८ बजे सुतिरहेको बेला स्थानीयले आक्रमण गरेका हुन् ।

परीक्षा समयभर शान्तिपूर्ण तरिकाले सञ्चालन भएको भए पनि प्रहरीले चिट चोर्न नदिएको भन्दै परीक्षा केन्द्रको हाताभित्र उत्तरपुस्तिका र प्रशासन सुरक्षाका लागि बसेका प्रहरीमाथि साँझ ८ बजे केही परीक्षार्थी र स्थानीयले प्रहरी पोस्टमाथि ढुगामुडा गरेका थिए । प्रहरीमाथि हानेको ढुंगा लागेर प्रहरी हवल्दार अर्जुनकुमार डाँगी घाइते भएका छन् । आजको अन्नपूर्ण पोस्टको पृष्ठ १२ मा यो समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, डाँगीको जिल्ला अस्पतालमा उपचार गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij