२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

बराहक्षेत्रको सप्तकोशी नदीमा नेपालकाे अाफ्नै जेट डुङगा

बराहक्षेत्रको सप्तकोशी नदीमा नेपालकाे अाफ्नै जेट डुङगा

धार्मिक तथा पर्यटकिय क्षेत्रलाई प्रवद्र्धन गर्ने उदेश्यले आइतबार देखि मिनि डुङगा सञ्चालनमा ल्याइएको छ ।
सुनसरीको बराहक्षेत्रको सप्तकोशी नदीमा बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले बराहक्षेत्र नगरलाई प्रवद्र्धन गर्ने उद्देश्यले डुङगा सञ्चालनमा ल्याएको हो ।


आइतबार परिक्षण सञ्चालन गरिएको र सोमबारबाट व्यवसायिक रुपमा सञ्चालन गरिने अध्यक्ष सन्तोष भण्डारीले बताएका छन् । चतराबाट जलमार्ग हुदै भोजपुर, धनकुटा तथा उदयपुर जिल्लाका बिभिन्न स्थानमा सञ्चालन गर्ने तयारी रहेको उनले जनाए । ३ करोड खर्चमा भारतबाट ल्याइएको बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिका प्रबन्ध निर्देशक बिमल मान श्रेष्ठले बताएका छन् । डुङगा तीस यात्रु क्षमताको रहेको जनाइएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट धनकुटाको सिम्लेसम्म जाने पैदल यात्रालाइ डुङगाले सहज बनाउने वडा नं १ का अध्यक्ष सुरेश श्रेष्ठले बताएका छन् । बराहक्षेत्रबाट करिब २० किलोमिटर उत्तर रहेको सिम्ले पुग्नका लागि बराहक्षेत्र मन्दिरबाट लगभग ५ घण्टा पैदल यात्रा गर्नु पर्ने हुदा अब डुङगा सञ्चालन पछि सिम्ले पुग्नका लागि २० मिनेट लाग्ने सञ्चालकले जनाएका छन् ।
सुनसरी, उदयपुर, खोटाङ ,भोजपुर लगायतका जिल्लाका स्थानीयहरु लाभान्वित हुने २ नं वडा अध्यक्ष हरि कृष्ण भट्टराईले बताएका छन् ।
बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल , १ नं वडा अध्यक्ष श्रेष्ठ,२ नं वडा अध्यक्ष भट्टराई , बेलका नगरपालिकाका मेयर स्वस्तिक थापा र उपमेयर, बिभिन्न पार्टी प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी, स्थानीयहरु पत्रकारहरु लगायतको उपस्थितिमा मिनि डुङगाको प्रयोग गरेका थिए ।
नगरको थप पर्यटन प्रवद्र्धनका लागि आफुले सक्दो सहयोग गर्ने मेयर खनालले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij