
सन २०१७ को मार्च देखि सेवा सुरु भएको Medsaala.com (मेडशाला डट कम) नेपालको एक मात्र औषधीहरुको सर्च इन्जिन (medicinal search engine) हाे । Search your medicnes here…. र A home of your medicine … गरी यस कम्पनीको दुईवटा मुख्य नारा लिएर अघी बढेको छ । साथै सुचना संकलनको हिसाबले समेत यो नेपालको सबैभन्दा ठुलो मेडिसिन सर्च ईन्जिन हो ।
औषधिहरुका जानकारीहरु, स्वास्थ क्षेत्रका रोजगारीका सुचनाहरु, स्वास्थ्य क्षेत्रका समाचारहरु, औषधी कम्पनीको बिरणहरु आदिको जानकारी Medsaala.com मा निःशुल्क प्राप्त गर्न सकिन्छ । Medsaala.com का संस्थापक सन्तोष तिवारी आफैं पनि ब्याचलर्स इन फार्मेशीमा अध्यनरत २४ बर्षे युवा हुन्, जो यही देशमा नै केहि नयाँ गर्नुपर्छ भन्ने मान्यता सहित अघी बढिरहेका छन् ।
Medsaala.com को प्रथम १० महिना पार गरिरहँदा यसले नेपालको एक मात्र र भरपर्दो औषधीहरुको सर्च इन्जिन (medicinal search engine) को रुपमा आफुलाई विकाश गरिसकेको छ ।
यसमा औषधिका सुचना खोजी गर्न उक्त औषधीको Brand Name अथवा Genetic Name (composition) दुबै खोजी गर्न सकिन्छ ।
डाक्टर, फर्मासीस्ट, नर्स, औषधी कम्पनी, अस्पताल, फार्मेशी, क्लिनिक आदि क्षेत्रमा संलग्नहरुले यस सर्च इन्जिनबाट लाभ लिन सक्नुहुनेछ । साथै स्वास्थ विज्ञान संकायका विद्यार्थीहरु, रोजगारीको अवसर खोजी गरिरहनुभएका व्यक्तिहरु समेतले यस साईटबाट निशुल्क लाभ लिन सक्नुहुन्छ ।

निकट भविष्यमा दक्षिण एशिया लगायत अन्य देशमा उत्पादन भएका औषधीहरु समेत थप गर्ने र साथै अनलाईन फार्मेशी सेवा समेत सञ्चालन गर्ने लक्ष्य साथ कम्पनी अघी बढिरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij