२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

वितरक संघ अन्तरगत उपत्यकामा ४ ओटा क्षेत्रीय संघहरु गठन हुँदै

वितरक संघ अन्तरगत उपत्यकामा ४ ओटा क्षेत्रीय संघहरु गठन हुँदै

नेपाल वितरक संघले वितरकको हक, हित र अधिकारको लागि लामो समय देखि विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ । यसै सन्दर्भमा पछिल्लो समय उक्त संघ नेपालमा यस क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनको निम्ति विशेष रुपमा लाग्दै आएको छ ।

नेपालमा वितरकहरुका समस्या सम्बोधनमा थप सहजता हुने विश्वासको साथ नेपाल वितरक संघ, काठमाडौंले काठमाडौं उपत्यकाका वितरक व्यवसायीहरुलाई काठमाडौं पूर्व, काठमाडौं पश्चिम, भक्तपुर र ललितपुर गरी ४ ओटा क्षेत्रीय कमिटीहरु निर्माण गरेर आफ्ना गतिविधिहरुलाई अघी बढाइरहेको छ ।

नेपालमा वितरक व्यवसायीहरु लामो समय देखि आफ्नो व्यवसायमा विभिन्न समस्याहरु भोग्दै आएकोमा पछिल्लो समय संस्थागत हकहितको लागि एकजुट हुनुपर्ने आवश्यकता महसुस गरी सोही बमोजिम अघी बढिरहेका छन् ।
चैत्र १० गते शनिवार नेपाल वितरक संघले काठमाडौंका वितरक व्यवसायीहरुका समस्या समाधानमा थप सहजता आउने विश्वासको साथ ललितपुर र काठमाडौं पूर्व गरी २ ओटा क्षेत्रीय समिति समेत गठन गरेको छ ।
नेपाल वितरक संघका अध्यक्ष दुर्गाराज श्रेष्ठ, उपाध्यक्षहरु राजन सिंखडा, लव कुमार श्रेष्ठ, महासचिव रामहरि घिमिरे, कोषाध्यक्ष यमनाथ पौडेल, सचिव योगेश श्रेष्ठ, सहकोषाध्यक्ष कृष्ण महर्जन लगायत कार्यसमिति सदस्य तथा वितरक व्यवसायीहरुको व्यापक उपस्थिति बीच २ कार्यसमिति गठन गरिएको हो ।

साथै संघले आगामी दिनमा खाद्य उपसमिति, कस्मेटिक तथा अखाद्य उपसमिति, पेय पदार्थ उपसमिति लगायतका विभिन्न उपसमितिहरु गठन गरी सोही बमोजिम सम्बन्धित क्षेत्रका व्यवसायीहरुलाई नै समस्या समाधानको जिम्मेवारी दिने किसिमले काम अघी बढाएको छ । उक्त कार्यक्रममा संगठन विस्तार र व्यवस्थापनलाई सँगसँगै अघी बढाउनेबारे व्यापक छलफल भएको छ ।

कार्यक्रममा संघका अध्यक्ष दुर्गाराज श्रेष्ठले आफूहरु वितरकका समस्या समाधानको निम्ति निरन्तर रुपमा अघी बढिरहेको र अबका दिनमा यो व्यवसायमा संलग्न व्यवसायीहरु ढुक्क तवरले व्यवसाय गर्न सक्ने वातावरण निर्माण हुनेमा आश्वस्त पार्नुभयो ।


अघिल्लो बर्ष हिमालयन स्न्याक्स आफूहरुको निम्ति निकै ठूलो समस्याको रुपमा रहेकोमा वितरक संघ काठमाडौंकै मुख्य पहलमा त्यो समस्या समाधान भएको र यसले आफूलाई थप प्रोत्साहन मिलेको उहाँको अनुभव छ ।
आफूहरुका विभिन्न गतिविधिको कारण अहिले नेपालमा वितरक व्यवसायीहरु निकै मजबुत छन् भन्ने कुरा उत्पादकहरुले समेत बुझिसकेको ऊहाँले बताउनुभएको छ । साथै पछिल्लो समय नेपालमा आयातकर्तामा समेत विभिन्न समस्या देखिएको र ती समस्या समाधानको निम्ति समेत आफूहरुले सहयोग गर्ने र यसबाट वितरकहरु प्रतिको दृष्टिकोण थप व्यापक बन्ने ऊहाँको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij