२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

नागरिक सरोकार समाज तारेकश्वर (प्यूकोष्ट)को संक्षिप्त जानकारी

नागरिक सरोकार समाज तारेकश्वर (प्यूकोष्ट)को संक्षिप्त जानकारी

नागरिक सरोकार समाज तारकेश्वर नागरिकका सरोकारका विषयहरु समेटेर विविध क्रियाकलाप गर्ने हेतुले तारकेश्वर क्षेत्रमा कार्यक्षेत्र रहने गरी स्थापना भएको गैर नाफामूलक गैरराजनीतिक गैह्रसरकारी सामाजिक संस्था हो ।


लोकतान्त्रिक मुलुुकका जनता सर्वाधिकार सम्पन्न हुनुपर्दछ । राज्यले जनता सर्वाधिकार सम्पन्न हुनुपर्दछ । राज्यले जनताका आवश्यकता परिपूर्ति गर्न अधिकारमूखी क्रियाकलाप परिचालन गरी मुलुकको समग्र विकास गर्ने वृृहत्तर दायित्व लिएको हुन्छ । यस किसिमबाट कार्य गर्न सरकार आफैंले मात्र सम्भव नहुने हुँदा गैर सरकारी निकायहरुलाई परिचालन गरेर समेत जनताका आकांक्षा परिपूर्ति गर्नुपर्ने हुन्छ । यसर्थ लोकतान्त्रिक मुलुकमा गैरसरकारी संघसंस्थाहरुको व्यापक विकास र विस्तार गरी नागरिकका हक अधिकारका पक्षमा उनीहरुको जीवनस्तर उकास्नको लागि पहल हुने किसिमले यस संस्थाका गतिविधिहरु अघी बढिरहेका छन् ।

यसै सन्दर्भमा नागरिक सरोकार समाजले पनि तारकेश्वरबाट नागरिकका विविध समस्याहरुको पहिचान गरी नागरिकको हित एवं मानव अधिकारको सुरक्षाको प्रत्याभूति हुने गरी समाजको आर्थिक सामाजिक, साँस्कृतिक, शैक्षिक जस्ता विषयमा प्रभावकारी विकास गर्ने र नागरिकहरुको जीवन सरल एवं सहज ढंगले संचालन हुन सकोस् र समाजमा सौहार्दता कायम हुन सकोस् भन्ने ध्येयले आफ्ना गतिविधि राष्ट्रव्यापी बनाउँदै लैजाने दिगो योजना बमोजिम अघी बढेको छ ।

संस्थाले नागरिकको मौलिक हक तथा अधिकारको उपभोग तथा महिला, बालबालिका जेष्ठ नागरिक, दलित, जनजाति, विभिन्न क्षेत्रमा असक्तहरुको हित तथा अधिकारको संरक्षण गर्न चेलिवेटी वेचविखन विरुद्ध तथा लागुपदार्थ दुव्र्यसन विरुद्ध अभियान चलाउँदै एक सुरम्य समाजको सृजनामा सरकारी तथा सम्बन्धित अन्य निकायहरुसँग समन्वयात्मक रुपमा सहकार्य आवश्यकता महसुस गरी स्थापना भएको यस नागरिक सरोकार समाज तारकेश्वरले स्थानीय समाजको सक्रिय सहभागितामा आफ्ना गतिविधिहरुलाई अगाडि बढाउने प्रयत्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij