सचेत देशभक्त मन्चले चैत्र २४ गते खुला टुँडिखेलमा विशाल सभा आयोजना गर्ने भएको छ 
नेपाल र भारत बीच सन् १९५० मा भएको सन्धिको धारा ८ ले उक्त सन्धि रद्ध गरेको र यसबाट नेपालको भारतमा रहेको सबै भूमी फिर्ता हुनुपर्ने माग राख्दै दबाबमूलक रुपमा यो सभा आयोजना गर्न लागिएको हो ।
मन्चले निकालेको विज्ञप्तिमा नेपालको करिब ६४ हजार हेक्टर क्षेत्रफल बराबरको जग्गा भारतले विभिन्न ७१ ठाउँबाट मिचेको दाबी छ । भारतले नेपाल माथि थप आक्रमण गर्ने तयारीमा रहेको भन्दै यस्तो अवस्थामा नेपालका सबै राष्ट्रप्रेमीहरुलाई एक भई दवाब सृजना गर्नुपर्नेमा जोड दिइएको छ ।
अध्यक्ष रोहित मगरको हस्ताक्षर रहेको विज्ञप्तिमा युवाहरुलाई साथ दिनको निम्ति आग्रह गरिएको छ । इतिहास आफैं नबन्ने उल्लेख गर्दै चैत २४ गते १ लाख मानिसहरु भेला गरेर उक्त दिनलाई ऐतिहासिक बनाउनको निम्ति समेत आग्रह गरिएको छ ।
हेर्नुहाेस् विज्ञप्ति ः


© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij