
IATA Training अन्तराष्ट्रिय स्तरको पर्यटनसँग सम्बन्धित तालिम हो । नेपालमा पनि यो तालिम पछिल्लो समय निकै प्रभावकारी समेत हुँदै गएको छ । विगत १० बर्ष पहिले देखि नेपालमा सञ्चालन हुँदै आएको यो तालिम पर्यटनको क्षेत्रमा रहेर काम गर्न चाहने व्यक्तिहरुको निम्ति निकै नै प्रभावकारी समेत मानिँदै आएको छ ।
नेपालमा जेनिथ ट्रेनिङ सेन्टरले सञ्चालन गर्दै आएको यो तालिम अब तत्कालै अर्थात अप्रिल १ देखि सञ्चालन हुन लागेको छ । तालिम कार्यक्रममा सबै सहभागि हुन सक्ने भएपनि प्रमाणपत्र तह सरह वा सो भन्दा माथिको अध्ययन गरेका व्यक्तिहरुको निम्ति बढी प्रभावकारी हुन सक्ने ट्रेनर तथा युवा पर्यटन उद्ममी प्रेम कुमार दनुवार बताउनुहुन्छ ।
यस तालिममा वर्ल्र्ड जियोग्राफी, एयर टिकटिङ, ग्राहक सेवा, कल सेन्टर, ट्रान्सपोर्टेसन (बस, रेल टिकट बुकिङ) लगायतसँग सम्बन्धित विभिन्न विषयवस्तुहरु समेटिएका छन् । साथै यो तालिम निकै नै प्रभावकारी समेत मानिँदै आएको छ ।

नेपालमा पछिल्लो समय यस तालिममा प्रति बर्ष २५-३० जना व्यक्तिहरु संलग्न रही लाभ लिइरहनुभएको छ । यो तालिम लिनुभएका व्यक्तिहरुले नेपालमा मात्र नभई विश्वका जुनसुकै क्षेत्रमा पनि पुगेर माथिल्लो तहको नेतृत्व लिन सक्ने अवस्था छ । साथै कतिपयले आफैंले कम्पनी चलाउनुभएको छ भने कतिपय विश्वविख्यात कम्पनीहरुको व्यवस्थापन तहमा नै रहेर समेत काम गर्नुभएको छ । 
तालिम किन लिने ?
नेपालमा नै अन्तराष्ट्रिय स्तरको यो तालिमको सबैभन्दा पहिलो र महत्वपूर्ण कुरा भनेको आफैंमा क्षमता विकास हुनु नै हो । यसको अलावा तालिम लिएपश्चात् आफूमा पहिले असहज लाग्ने काममा समेत विशेष ऊर्जा र जाँगर भरिएर आउने वातावरण सृजना हुन्छ । जसले गर्दा काममा थप सफलता प्राप्त गर्न सकिन्छ ।
यसको अलावा विदेशमा समेत गएर राम्रो स्थानमा काम गर्न सकिने अवस्था रहन्छ । नेपालमा पनि प्रतिष्ठित कम्पनीहरुमा राम्रो सुविधा सहित काम पाउन सकिन्छ । आफैंले सञ्चालन गरेको व्यवसायमा समेत निकै राम्रो प्रगति हुन जान्छ । जसले गर्दा नेपालमा यस तालिम प्रति निकै नै माग बढेको छ । तर आवश्यकता बमोजिम तालिम प्राप्त जनशक्ति भने उपलब्ध हुन सकेको छैन ।
पछिल्लो समय यो तालिम लिएका व्यक्तिहरु मध्यपूर्वी देशहरुमा समेत ठूलो परिमाणमा हुनुहुन्छ । 
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij