लालितपुर – ललतिपुरको प्युटारमा ६ बर्षिया बालिका बलात्कृत भएकी छन् । बागमती गाउँपालिकाकी बालिका सोमबार बिहान बलात्कृत भएकी हुन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।
बालिकाको योनीबाट रगत बगिरहेको र उनको अवस्था सामान्य रहेको परिवारका सदस्यले बताएका छन् । उनलाई स्वास्थ्य परीक्षणका लागि प्रहरीको सहयोगमा थापाथली अस्पतालमा पुर्याइएको छ ।
बिहान वनमा घाँस काट्न गएकी एक महिलाले अस्वभाविक रुपमा बालिका चिच्याइरहेको आवाज सुनेपछि पछ्याउँदै जाँदा बालिका बलात्कृत भइरहेको अवस्थामा भेटेको बताइएको छ । ती महिलाले गाउँमा सबैलाई खबर गर्दा गाउँलेहरु भेला हुनु अघि नै अभियुक्त भागेका थिए । अभियुक्त फरार भएपछि प्रहरी चौकी आश्राङलाई खबर गर्दै गाउँलेहरुले खोजी कार्य तीव्र पारेका थिए ।
घटनालगत्तै फरार भएका सोही गाउँकै अन्दाजी २५ बर्षका कृष्णबहादुर बोम्जनलाई प्रहरी र गाउँलेले साँझ ५ बजे मकवानपुरको बक्कैया गाउँपालिका १० बाट पक्राउ समातेका छन् । पीडित बालिकाले आफूलाई चकलेट दिन्छु भन्दै घरनजिकैको जंगलमा लगेर जबरजस्ती गरेको बयान दिएको बागमती गाउँपालिकाका ४ का वडा अध्यक्ष नारायणबहादुर घलेले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij