२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

मासु खाँदै हुनुहुन्छ ? यी कुराहरूमा पनि विचार गर्ने कि ? उद्यमी जाेशीका टिप्सहरू

मासु खाँदै हुनुहुन्छ ? यी कुराहरूमा पनि विचार गर्ने कि ? उद्यमी जाेशीका टिप्सहरू

दीपेन्द्र कुमार जाेशी, फेस हाइजेनिक फुड, नेपालगञ्ज

मासु जनावरबाट उपलब्ध हुन्छ । यसरी जनावरबाट उपलब्ध हुने मासु प्रशाेधन तथा प्रयाेगको क्रममा विशेष सतर्कता अपनाउन सकिएन भने जुन उद्देश्यले हामी निकै ठूलाे धनराशि र मेहनत खर्च गरेर मासु तयार गरेका हुन्छाैं । त्यसले हामीलार्इ फार्इदा गर्दैन । धेरैलार्इ थाहा नहुन सक्छ, जनावरकाे मासुमा विभिन्न हानिकारक जिवाणुहरू हुन्छन् । विशेष सतर्कता अपनाउन नसकिने हाे भने ती जीवाणुले मानिसलार्इ नै शिकार गर्न सक्छन् ।

रगतमा मानिसलाई हानी गर्ने विभिन्न किसिमका जिवाणुहरु रहेका हुन्छन् । ती जीवाणुहरुलाई कसरी नष्ट गर्ने भन्नेमा उपभाेक्ता  विशेष चलाख हुनु जरुरी रहन्छ ।

मासु शुद्ध गर्नको निम्ति मासुमा हुने सम्पूर्ण रगत मासुबाट अलग गर्नुपर्ने हुन्छ । तर अहिले सम्म नेपालमा परम्परागत रुपमा मासु काट्ने क्रममा रगत र मासु अलग गर्ने परम्परा छैन ।  यसैबाट नै जनावरमा भएका राेगहरू मानिसमा सर्ने सम्भावना हुन्छ ।

फ्रेस हार्इजेनिक फुडका सञ्चालक समेत रहेका दीपेन्द्र कुमार जोशी भन्छन्, ‘रगतको माध्यमबाट नै अधिकांश रोगहरु मानिसमा सर्ने सम्भावना हुन्छ भन्ने कुरा हामीले उपभोक्तालाई बुझाउनु जरुरी रहन्छ ।’

मासु खाने क्रममा छाला पनि खाने कार्यलाई अन्तराष्ट्रिय मापदण्डले ब्रजित गरेको छ । तर अहिले सम्म नेपालमा भने छालालाई छोडेर मासु मात्र खाने प्रचलन विकास भएको छैन । नेपालमा भने बिना छालाको मासु ग्राहकको रोजाइमा पर्ने अवस्था आएको छैन ।

हाल नेपालगञ्जमा व्यवस्थित मासु प्रशाेधन केन्द्र सञ्चालन गर्दै अाएका  जोशी मासु व्यवसायलाई व्यवस्थित बनाउनसपर्छ भन्ने मान्यता बमाेजिम अघि बढेका व्यवसायी हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij