मदिरा व्यवसायी संघ काठमाडौंको अधिवेशनले सोनाम शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । मदिरा व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशन काठमाडौंको बसुन्धारा स्थित यति इभेन्टमा सम्पन्न भएको थियो । यससँगै मदिरा व्यवसायलाई व्यवस्थित गर्नुपर्छ भन्नेमा विशेष चासो राख्दै आएको र सुधारको निम्ति प्रयाप्त काम गरेका शेर्पाले मदिरा व्यवसायी संघ काठमाडौंको तेस्रो कार्यकालको लागि उनले अध्यक्षको जिम्मेवारी पाउन सफल भए ।
छिटो निर्णय लिन सक्ने र परिस्थिति बमोमिज चल्न सक्ने क्षमताका शेर्पा मदिरा व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनको निम्ति लामो समय देखि कार्य गर्दै आएका छन् । मदिरा व्यवसायी संघ काठमाडौंका संस्थापक अध्यक्ष

रहेका उनी व्यावसायिक रुपमा सफल मानिन्छन् भने सामाजिक रुपमा पनि प्रतिष्ठित व्यक्ति हुन् । यसैगरी नयाँ कार्यसमितिका अधिकांश व्यक्तिहरु मदिरा व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउनको निम्ति लामो समय देखि सक्रिय तवरले पहल गर्दै आएका व्यक्तिहरु नै छन् ।

आज काठमाडौंमा सम्पन्न भएको मदिरा व्यवसायी संघको अधिवेसनमा प्रमुख अतिथिको रुपमा

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको उपस्थिति रहेको थियो । यसैगरी विशिष्ट अतिथिको रुपमा नेपाल मदिरा उत्पादक संघका

अध्यक्ष तथा यति डिष्ट्रिलरीका सञ्चालक रवी के.सी.को उपस्थिति रहेको थियो ।
नेपालमा मदिरा उत्पादक कम्पनीका सञ्चालक तथा प्रतिनिधिहरुको समेत व्यापक सहभागिता रहेको आजको कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका सबै पूर्वअध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको आयोजनाको निम्ति सहयोग गर्ने उत्पादक कम्पनीको सहयोग र सद्भाव प्रति विशेष आभार प्रकट गर्दै संघबाट सम्मान पत्र समेत प्रदान गरिएको छ ।
को–को छन् मदिरा संघको नयाँ कार्यसमितिमा ?
नयाँ कार्यसमितिको अध्यक्षको रुपमा सोनाम शेर्पा, उपाध्यक्षमा गोविन्द वराल, महासचिव राजन केसी, सचिव रुप तामाङ र कोषाध्यक्षमा रुपक अर्याल निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरुमा हरि प्रसाद दाहाल, शुशिल खड्का, सुदन गापा मगर, प्रकाश नेपाली, ओमश्याम श्रेष्ठ, प्रकाश अर्याल, मिलन ढकाल, नैनराज सैजु, पेशल कुमार न्यौपाने, सुदीप पराजुली र डम्बर बानियाँ रहेका छन् ।
यस्ता छन् संघका आगामी योजनाहरु :
नवनिर्वाचित अध्यक्ष सोनाम शेर्पाले सेतोघर डट कमसँगको छोटो कुराकानीको क्रममा आगामी दिनमा नेपालमा मदिरा व्यवसायलाई थप व्यवस्थित गर्दै अघी बढ्ने योजनामा आफूहरु रहेको बताउनुभएको छ । यसको निम्ति पहिलो चरणमा आफूहरु काठमाडौंका मदिरा व्यवसायीहरुलाई संगठित गर्ने उद्धेश्यले सदस्यता विस्तारमा नै केन्द्रित हुने बताउनुभएको छ ।
यसको अलावा ऊहाँले अहिले पनि बजारमा प्रशस्तै नक्कली मदिराहरु रहेको र यसलाई व्यवस्थित बनाउनको निम्ति व्यवसायी आफैंले मात्र सम्भव नभएको कारण मदिरा उत्पादक कम्पनीहरुसँग समेत सहकार्य गर्दै अघी बढ्ने आफूहरुको योजना भएको समेत बताउनुभएको छ ।
यसकाे अलावा बजारमा अहिले घरायसी मदिरा समेत निकै ठूलाे परिमाणमा रहेकाे र यसले मानवीय स्वास्थ्यमा समेत प्रतिकुल असर गर्ने भएकाे कारण यसलार्इ नियन्त्रण गर्नकाे निम्ति विशेष अभियान चलाउने साथै बजारमा सामान लिएर पैसा भुक्तान गर्न नचाहने प्रवृत्तिका व्यक्तिहरूलार्इ पनि सामान राेक्नकाे निम्ति सम्बन्धित कम्पनीलार्इ नै अाग्रह गरी बजारलार्इ व्यवस्थित बनाउनकाे निम्ति विशेष पहल रहने समेत बताउनुभएकाे छ।
मदिरा व्यवसायलाई अनिवार्य रुपमा करको दायरामा ल्याउनको निम्ति थप प्रभावकारी रुपमा मदिरा व्यवसायी संघ काठमाडौं लागिरहेको बताउँदै यसबाट राज्य पक्षलाई राजस्व संकलनमा समेत निकै ठूलो सहयोग पुग्ने कुरामा ऊहाँले जोड दिनुभएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij