नेपालमा पर्यटन क्षेत्रलार्इ पृथक तवरले सञ्चालन गर्नुपर्छ भन्ने मान्यताले अघी बढेकाे सिमसिमे ट्राभल्सले नेपालमा पर्यटन क्षेत्रकाे प्रवर्धनकाे निम्ति नयाँ जुक्ति निकालेकाे छ ।
नेपालकाे एग्राे टुरिज्मलार्इ प्रवद्धनकाे निम्ति अाफूहरूले यस्ताे उपाय निकालेकाे सिमसिमे ट्राभल्सका सञ्चालक प्रेम कुमार दनुवारले बताउनुभएकाे छ ।
पछिल्लाे समय ग्रामीण कृषि परिवेशबाट टाढिँदै गरेका नेपाली युवाहरूले समेत यस्ता गतिविधिहरूबाट अानन्दकाे महसुस मात्र गर्दैनन् । कृषिकाे व्यावहारिक पक्षकाे बारेमा समेत अनुभव गर्न सक्नेछन् ।
नेपाल पर्यटनकाे लागि राम्राे सम्भावना भएकाे मुलुककाे रूपमा रहेकाे र यहाँकाे कृषिलार्इ समेत सँगसँगै अघी बढाउन सकेकाे खण्डमा मात्र सही अर्थमा ग्रामीण कृषकहरूकाे अवस्था माथि उठ्न सक्ने र ग्रामीण क्षेत्रकाे विकासमा समेत सहयाेग पुग्ने कुरालार्इ लक्षित गरेर अाफूहरू नयाँ अभ्यासमा लागेकाे दनुवार बताउनुहुन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij