२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

भव्यताको साथ मेगा पब्लिक स्कुलमा अभिभावक दिवस सम्पन्न

भव्यताको साथ मेगा पब्लिक स्कुलमा अभिभावक दिवस सम्पन्न

मेगा पब्लिक स्कुलले अभिभावक दिवस सम्पन्न गरेको छ ।
तारकेश्वरको शान्तिटोल स्थित विद्यालयको प्राङ्गणमा सम्पन्न भएको अभिभावक दिवस कार्यक्रममा प्रमुख अतिथिको रुपमा तारकेश्वर नगरपालिकाकी उपप्रमुख भवानी डोटेल धिताल ‘भानु’को उपस्थिति रहेको थियो भने अन्य अतिथिहरुमा तारकेश्वर वडा १० का अध्यक्ष अमृत थापा, विद्यालय निरीक्षक रामहरी थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक भण्डारी लगायत स्थानीय समाजसेवी, राजनीतिक व्यक्तिहरु, वुद्धिजिवी, कलाकार, पत्रकार, उद्योगी÷व्यवसायी सहितको ठूलो समुदायको उपस्थिति रहेको थियो ।

अभिभावक दिवसको अवसर पारेर विद्यालयले स्पोर्टस् मिटको अवसरमा उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीहरुलाई पुरष्कार वितरण समेत गरेको छ । साथै विद्यालयमा ड्रोन तथा रोवोटको प्रदर्शनी समेत गरिएको छ ।

अभिभावकहरुको व्यापक उपस्थिति बीच सम्पन्न आजको बार्षिक अभिभावक दिवसमा विद्यार्थीहरुले आ–आफ्नो क्षमता बमोजिम विभिन्न प्रस्तुतिहरु प्रदर्शन गरेका थिए ।
नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको छोटो अवधिमा नै विद्यालयले उल्लेख्य प्रगति गरेको प्रति अतिथिहरुले प्रशंशा गरेका थिए ।

यसै सन्दर्भमा आजको अभिभावक दिवस समारोहमा मन्तव्य राख्ने क्रममा नगरपालिकाकी उपमेयर भवानी डोटेल धितालले आफ्ना बालबालिकाहरुको बारेमा बुुझ्न र सही बाटोमा हिँडाउनको निम्ति अभिभावकहरु समेत विशेष सतर्क रहनुपर्ने बताउनुभएको छ । साना–साना र सामान्य लाग्ने कुराहरु समेत उनीहरुको जीवनलाई सकारात्मक वा नकारात्मक दिशामा अघी बढ्नको निम्ति दीर्घकालिन प्रभावित पार्ने किसिमका हुन सक्ने भन्दै त्यस तर्फ सचेत रहन समेत उनले आग्रह गर्नुभयो ।
फरक प्रशङ्गमा उनले नगरपालिका शिक्षाको गुणस्तर अभिवृद्धिको निम्ति विशेष कार्यविधि तयार गर्ने कार्यमा लागिरहेको समेत बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल अमृत भण्डारीले विद्यालयको प्रगति अवस्था, विद्यालयका शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरु, आगामी योजना र विद्यालयका अन्य गतिविधिहरु बारे धारणा व्यक्त गर्नुभएको थियो । नमुना विद्यालयको रुपमा यस विद्यालयलाई अघी बढाउनको निम्ति आफूहरु निरन्तर खटिएको समेत ऊहाँले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij