२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

सलमान खानको नेपालमा हुने भनिएको ‘द ब्यांङ’ कार्यक्रम स्थगित

सलमान खानको नेपालमा हुने भनिएको ‘द ब्यांङ’ कार्यक्रम स्थगित

 दिपक घिमिरे ।धरान बलिउड अभिनेता सलमान खानको नेपालमा हुने भनिएको ‘द ब्यांङ’ कार्यक्रम स्थगित भएको छ। मार्च १० मा हुने भनिएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले कार्यक्रमप्रति आपत्ति व्यक्त गरेपछि कार्यक्रम स्थगित भएको हो।

सो कार्यक्रमका लागि सलमानको साथमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, कृति सेनन आदि सहभागी हुँदै थिए। विप्लव समूहसँग नेपाल कार्यक्रम आयोजक ‘ओडिसी इन्टरटेन्मेन्ट’ले चरण चरणमा वार्ता गरेको थियो। तर वार्ताप्रति आयोजक गम्भिर नदेखिएको र पार्टीलाई हल्का ढंगले लिएपछि विप्लव समूहले कार्यक्रम कुनै पनि हालतमा गर्न नदिने बताएपछि कार्यक्रम स्थगीत भएको हो।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij