होमियोप्याथिक चिकित्सा पद्धति ग्रिकबाट विकास भएको उपचारको नयाँ पद्धति हो । विश्वमा प्राचीन कालमा नै विकास भएको आयुर्वेद चिकित्साको इतिहास निकै लामो छ । वेदको विकास सँगै प्राकृतिक रुपमा नै मानिस स्वस्थ रहनुपर्छ भन्ने मान्यता बमोजिम पूर्ण रुपमा प्रकृतिमा आधारित रही आयुर्वेद पद्धतिको विकास भएको थियो ।
आयुर्वेदले सबै समस्याको समाधान हुने अवस्था नभएसँगै विज्ञानमा आधारित एलोपेथिक उपचारको विकास भयो । अर्थात औषधी माथि आधुनिक तथा वैज्ञानिक प्रयोगहरु गरिए । यससँगै एलोपेथिक चिकित्सा एक सबैभन्दा महत्वपूर्ण चिकित्सा पद्धतिको रुपमा विकास हुुनगयो ।

एलोपेथिक उपचार विधि व्रिटिसबाट विकास भएको हो । झण्डै २४ सय बर्ष पहिले यसको उत्पत्ति भएको हो । यद्यपि यो पूर्ण रुपमा वैज्ञानिक अनुसन्धानमा आधारित रह्यो । तर यस उपचार पद्धतिले पनि सबै स्वास्थ्य समस्याको दिगो समाधान दिन सकेन । यस पद्धतिबाट गरिने उपचार अन्तरगत प्रयोग गरिने औषधीले रोगलाई दबाउने काम मात्र ग¥यो । स्वस्थ रहनको निम्ति जीवनभर औषधीको प्रयोग नै गरिरहनुपर्ने भयो । वाथ, छालाका रोगहरु, दम, क्यान्सर लगायतका रोगहरुमा यस पद्धतिले प्रभावकारी रुपमा काम गर्न सकेन । जसले गर्दा एलोपेथिक पनि पूर्णतः जीवनोपयोगी हुन सकेन । यसै सन्दर्भमा आयुर्वेद र एलोपेथिक दुवैको संयोजनबाट नयाँ उपचार पद्धतिको विकास भयो । जुन उपचार पद्धतिको विधिको रुपमा होमियोप्याथिक विधिको विकास भएको हो ।

होमियोप्याथिक विधिको विकास भएको अहिले झण्डै २ सय २४ बर्ष मात्र भएको छ । यो विधि जर्मनमा विकास भई विश्वका अधिकांश देशहरुमा पुगिसकेको छ । समस्या र समाधान एकै ठाउँमा छ भन्ने मान्यता बमोजिम विकास भएको यस उपचार पद्धतिमा कुनै रोगको उपचारको निम्ति एकै किसिमको औषधी मात्र प्रयोग गर्ने गरिन्छ ।
हीरा काट्न हीरा नै चाहिन्छ । फलाम काट्न फलाम नै चाहिन्छ । सर्पको विष काट्न सर्पको विषबाट नै बनेको औषधी प्रयोग गर्ने प्रचलन छ । विसिजी खोप टिभीबाट बचाउनको लागि दिर्इँदै आएको छ । पोलियो, दादुरा लगायतका खोपहरुमा पनि सम्बन्धित रोगका भाइरसहरु नै प्रयोग गरिएको हुन्छ । यसले गर्दा सम्बन्धित रोगहरुले आक्रमण गर्न नसक्ने मान्यता राखिएको छ । जुन रोग लागेको छ, सोही बमोजिमका औषधीहरु नै अहिले विकास भएका छन् । ठीक त्यसरी नै होमियोप्याथिक उपचार पद्धतिमा पनि सोही सिष्टम बमोजिम नै उपचार हुँदै आएको छ ।

समान प्रकृतिको औषधीबाट गरिने उपचारको रुपमा समेत बुझ्न सकिने यस होमियोप्याथिक उपचार विधिलाई homeo भनेको similar र pyathon को अर्थ disease हुन्छ । पछिल्लो समय यो उपचार विधि विश्वभर निकै प्रभावकारी समेत बन्दै गएको छ । तर जुन गतिमा यसलाई अगाडि बढाउनुपर्ने हो, त्यो गतिमा भने अघी बढाउन सकिएको छैन ।
नेपालमा होमियोप्याथिक उपचार विधिको लागि नेपाल सरकारले समेत विशेष प्रभावकारी रुपमा काम अघी बढाउनुपर्ने आवश्यकता छ । यद्यपि नेपालमा यस विधिको विकासको निम्ति विभिन्न किसिमका समस्याहरु छन् । नेपालमा अहिले सम्म यसको अध्ययनको लागि कुनै पनि व्यवस्था नभएको कारण अध्ययनको निम्ति भारतमा जानुपर्ने अवस्था छ । नेपालमा यसको अध्ययन हुनुपर्छ भन्ने कुरामा हामीले विशेष जोड दिँदै आएका छौं । साथै सोही मान्यता बमोजिम नेपालमा हामीले यस सम्बन्धी अध्ययन गर्ने कलेज समेत सञ्चालनको निम्ति प्रक्रिया अघी बढाएका छौं । यसको पहल म आफंैंले समेत पनि गरिरहेको छु । जनभावना होमियोप्याथिक एण्ड होलिस्टिक हस्पिटल प्रा.लि सञ्चालन गर्ने मान्यता बमोजिम यही नाममा म सहितको एउटा टिमले प्रक्रिया अघी बढाइसकेको अवस्था छ । नेपालमा नै होमियोप्याथिकको अध्ययन हुनुपर्छ भन्ने कुरामा हामीले विशेष जोड दिँदै आएका छौंं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij