२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

किन दियो नेविसंघले सभापति देउवालाई चश्मा उपहार ?

किन दियो नेविसंघले सभापति देउवालाई चश्मा उपहार ?

दिपक घिमिरे  काठमाडौं । नेपाल विद्यार्थी संघको असन्तुष्ठ पक्षले नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेको छ । नेविसंघको साथै पार्टी पनि विधि र विधान अनुसार संचालन नभएको भन्दै विद्यार्थीले नेतृत्वको ध्यानाकर्षण गराउदै पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका हुन् । केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी कार्यालय पुगेका सभापति शेरबहादुर देउवालाई विद्यार्थी नेताले चश्मा उपहार पठाएका छन् । विधि र विधान अनुरुप चल्नका लागि अध्याँरोबाट उज्यालोमा आउने सन्देश स्वरुप चश्मा उपहार दिएको विद्यार्थीले बताएका छन् । विद्यार्थीले जिद्दीले होइन विधिले चलौ , वेथितिले होइन विधिबाट चलौ भन्दै पार्टी भित्रको वेथितिका बारेमा केन्द्रीय कार्यालय परिसरभित्रै चर्को नाराबाजी गरेका थिए ।

केन्द्रीय महाधिवेशन भएको झण्डै डेढ बर्ष भईसक्दा पनि जिल्ला तथा क्याम्पसको अधिवेशन नभएको, नेविसंघका सभापतिले मनोमानी ढंगमा क्याम्पसका अध्यक्ष तोक्ने काम गरिएको असन्तुष्ठ विद्यार्थीले आरोप लगाएका छन् । विद्यार्थी नेता मनोहरि श्रेष्ठले पार्टी विधि र विधान अनुरुप संचालन हुनुपर्छ भन्दै बुझाएको १० बुँदे माग लामो समयसम्म पनि सम्बोधन नभएपछि नेवि संघको प्रतिष्ठालाई जोगाउदै आफूहरु शान्तिपुर्ण विरोधमा उत्रिएको बताए । केन्द्रीय कार्यसमिति बैठकका लागि आएका सबै नेतालाई भेटेर विद्यार्थीले ज्ञापनपत्र दिदै आफ्ना माग बारे केन्द्रीय समिति बैठकमा छलफल गर्न ध्यानाकर्षण गराए । विद्यार्थीले नेताहरु रामचन्द्र पौडेल, गगन थापा, रमेश लेखक लगायत नेतालाई माग सम्बोधनका लागि पहल गर्न ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij