२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

संवैधानिक अधिकारीको बेइज्जति गर्ने गिरोह सक्रिय

संवैधानिक अधिकारीको बेइज्जति गर्ने गिरोह सक्रिय

विभिन्न तरिकाबाट यो देशका हरसंयन्त्र तथा निकायलाई कमजोर बनाउने, विवादमा ल्याउने र गरिमामय एवं संवेदनशील त्यस्ता निकायहरुप्रति नागरिकको आस्थामा कमिल्याउने खालका दुष्साहसी कार्यहरु भइरहेका छन् । यतिबेला कार्यपालिका, न्यायपालिका जस्ता अतिसंवेदनशील संवैधानिक अङ्गसमेत षड्यन्त्रकारी तत्त्वको टार्गेट बनेका छन्, बन्दै आएका छन् । कहिले अदालत, कहिले सुरक्षा निकाय, कहिले स्वास्थ्य, त कहिले कुन कहिले कुन क्षेत्र तथा निकाय र तिनका प्रमुख पात्रलाई टार्गेट गरी नाजायज गतिविधि मच्चाउने, मर्यादित पात्रहरुको बारेमा बेइज्जतिपूर्ण अफगाह फैलाउने, प्रतिष्ठित ओहोदामा रहेका आधिकारिक व्यक्तिको चरित्रहत्या हुने कामहरु गरिगराई आमजनमानसमा भ्रम सृजना गर्ने काम भइरहेको छ ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई बद्नामी गर्ने हरकोसीस् तथा षड्यन्त्र भइरहेको प्रष्टिन्छ । न्यायाधीको विभिन्न चरण हुँदै प्रधानन्यायाधीशको गरीमामय पदमा पुग्दासम्म के उनका सर्टिफिकेट लगायतका कागजातको कुनै जाँच भएन होला ? के कुनै प्रोसेस् नै पूरा नगरी उनी प्रधानन्यायाधीश हुन पुगेका हुन् ? उनका विरुद्ध बजारमा गरिएको हल्ला आफैमा सर्मिन्दापूर्ण छन् । न्यायपालिकाको गरिमामा मै आँच आउने गरी षड्यन्त्रकारी गिरोहहरु दिनरात सल्बलाइरहेका छन् ।
हरकोणबाट झुटो कुरालाई सयौंहजारौं पटक भनिरह्यो भने त्यो पनि सत्य सावित हुन्छ भने जस्तै । कुत्सित नियतले परिचालित पाश्र्वअसर कारक तत्त्वहरुले गोपालप्रसाद पराजुलीको लास्टै खेदो खनिरहेका छन् । यसले डा. गोविन्द के.सी.को स्वास्थ्यक्षेत्रको मुद्धाले बनाएको उचाई पनि गिराउने देखिन्छ ।

प्रधानमन्त्री बनेको तेस्रो दिनदेखि नै प्रधानमन्त्रीको समेत राजीनामा माग्ने काममा अग्रसर डा.केसीलाई उनमा सवारभएको उन्मादी मनोविज्ञानले कता लैजाने हो भविष्यले बताउला । मनमोहन मेडिकल कलेजकै नाताले डा.केसीले प्रधानमन्त्रीको राजीनामा माग्ने धन्दालाई चलाउन खोजेका हुन् भने यो किर्पणी कार्यले डा.केसीलाई कहाँ पुर्याउँछ । हिजोका दिनमा स्वास्थ्यको क्षेत्रका अभिभावकको हैसियत र राम्रो समर्थन पाएका केसी अबको उनको गन्तव्य कता हुने हो चनाखो भएर हेर्न पनि पर्ने भएको छ ।
प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको जन्ममिति लगायतका विषयमा यस पूर्वपनि सवाल उठेर त्यस उपर न्याय परिषद्बाट सफाई भइसकेको हो । सफाई भएपछि मात्रै उनी प्रधानन्यायाधीश बनेका हुन् । बरु डा. केसीकै जन्ममितिको विवरणहरु विभिन्न कागजातमा अलगअलग भएको पनि त सुन्नमा आएको छ । के अब अर्को केसी उत्पादन गरेर डा.केसीको विरुद्धमा हल्लाबाजी गर्न लगाउने ?
कुन निकायको प्रमुख को हुने भन्ने एउटा निश्चित विधि छ । सोविधिले तय गरेको अधिकारी प्रमुख हुन्छ नकि डा.केसीले भनेको व्यक्ति । आज डा. केसीलाई प्रधानन्यायाधीश मन परेन प्रधानन्यायाधीश फेर्ने, भोली फेरि प्रधानमन्त्री राष्ट्रपति मन नपर्ला अनि प्रधानमन्त्री राष्ट्रपतिलाई पनि हटाएर अर्को ल्याउने ? डा. केसी वास्तवमा के चाहन्छन् ? उनी स्वास्थ्यक्षेत्रका आधिकारिक व्यक्ति हुन् भने उनले स्वास्थ्य सेवाको बारेमा आफूले कसरी बढीभन्दा बढी उचित सेवा दिनसकूँ भन्नेतर्फ चिन्तित हुन जरुरी छ नकि विभिन्न संवैधानिक निकायमा बसेका व्यक्तिहरुको चरित्रहत्या गर्ने कार्यमा ।


डा.केसीलाई उचाल्नेहरुको पँक्तिलाई पनि आमसर्वसाधारणले पहिचान गरिरहेको अवस्था छ । लहैलहैमा लागेर मुखमा जे आयो त्यही बोल्दै हिँड्ने राजनीतिकर्मीदेखि लिएर अन्य आफूलाई सामाजिक अभियन्ता भन्ने सबैले समयमै होस पुर्याउन जरुरी छ । डा. केसीले मनमोहन मेडिकल कलेजलाई नै टार्गेट गरेर अनसन बसिरहनु पर्ने विषयको बारेमा पनि सरोकारपक्षले मुल्याङ्कन गरिनै रहेको छ ।
बजारमा यो मुद्धाले बढीनै अनावश्यक आतङ्क सृजना गरेपछि मात्रै ब्यूरोले यसप्रति चेष्टा बढाएको हो । यस्ता अनावश्यक हल्लाबाजी गर्ने र राज्यका संवैधानिक तथा मर्यादित अङ्गमा रहेका अधिकारीहरुको बेइज्जति गर्ने लगायतका कार्य गर्ने र अन्ततः राज्य तथा समाजको सुशासनमै खलल ल्याउने काममा उद्दत तत्त्वको विरुद्ध सबै नागरिक समयमै होसियारी हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij