२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

अाेपन उमा कुम्फु च्याम्पियनसिप २०१८ काठमाडाैंमा सम्पन्न

अाेपन उमा कुम्फु च्याम्पियनसिप २०१८ काठमाडाैंमा सम्पन्न

१५ बर्ष देखि नेपालमा विभिन्न खेलकुदजन्य गतिविधिहरू गर्दै अाएकाे उमा कुम्फु अर्थात वल्र्ड युनार्इटेड मार्सल अार्ट कुम्फु संघले अाेपन उमा कुम्फु च्याम्पियनशिप २०१८ काठमाडाैंमा सम्पन्न गरेकाे छ ।

कुमार पाैडेल, सभापति, उमा कुम्फु च्याम्पियनसिप २०१८ तथा केन्द्रीय काेषाध्यक्ष, उमा कुम्फु संघ

उमा कुम्फु संघले हरेक बर्ष च्याम्पियनशिप गर्दै अाएकाे छ । यस पटककाे च्याम्पियनशिपमा करिब १ सय ५० व्यक्तिहरू संलग्न थिए । कार्यक्रमकाे उद्घाटन काठमाडाैं क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधानबाट भएकाे थियाे ।  खेलमा धादिङ, रसुवा, नुवाकाेट, काभ्रे लगायतका करिब डेढ दर्जन  जिल्लाबाट खेलाडीहरूकाे संलग्नता रहेकाे थियाे ।

यस पटककाे च्याम्पियसशिपमा नेपालका विभिन्न जिल्लाबाट छनाैट भएर अाएका खेलाडीहरूलार्इ संलग्न गरार्इएकाे थियाे । यस च्याम्पियनशिपमा साँगा र थाउलाेमा व्याइज तथा गर्ल्सका छुट्टाछुट्टै खेलहरू खेलार्इएकाे थियाे ।  

स्वास्थ्यकाे लागि  खेलकुद, राष्ट्रकाे लागि खेलकुद भन्ने मान्यता बमाेजिम खेलकुदकाे विकासकाे निम्ति उमा कुम्फु संघ निरन्तर रूपमा लाग्दै अाएकाे कार्यक्रमका सभापति कुमार पाैडेलले बताए ।

खेल कार्यक्रम सम्पन्न गर्नकाे निम्ति विभिन्न संस्थाहरूकाे सहयाेग रहेकाे उमा कुम्फु संघका केन्द्रीय काेषाध्यक्ष तथा कार्यक्रमका सभापति कुमार पाैडेलले सेताेघर डट कम अनलार्इनलार्इ बताए ।

 

खेलकुदकाे राम्राे सम्भावना छ ः संयाेजक महर्जन

रमेश महर्जन, संयाेजक, उमा कुम्फु च्याम्पियनशिप २०१८

यसैगरी कार्यक्रमका संयाेजक  रमेश महर्जनले नेपालमा खेलकुद क्षेत्रकाे राम्राे सम्भावना रहेकाे बताएका छन् । नेपालमा उमा कुम्फु नयाँ मार्सल अार्ट भएपनि यस प्रति युवाहरूकाे बढ्दाे चासाेबाट अाफूहरू उत्प्रेरित भर्इरहेकाे उनले बताएका छन् । तर नेपालमा यस खेलकाे प्रवर्दनकाे निम्ति प्रयाप्त ठाउँ उपलब्ध हुन नसकेकाे कारण खेलकुदलार्इ व्यवस्थित रूपमा अघी बढाउन समस्या रहेकाे समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij