२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

कहाँ छ सुगौली सन्धिको सक्कल प्रति ?

कहाँ छ सुगौली सन्धिको सक्कल प्रति ?

काठमाडौं – सुगौली सन्धिको विषमया पटक पटक प्रश्न उठ्ने गरेको छ। आजको राजधानी दैनिकमा खबर छ । तर सुगौली सन्धिमा नेपालले गर्नुपरेको हस्ताक्षरको विषय जोडेर धेरै बहस र छलफल भए पनि त्यसबारे कसैले खोजी गरेको छैन । 

तत्कालीन समयमा कतिवटा सम्झौतापत्रमा हस्ताक्षर भएका थिए ? त्यो भने यकिन जानकारी बाहिर आएको छैन । साथै पक्ष राष्ट्रको हैसियतमा नेपालले पनि राखेको सो सन्धिको प्रति अहिले यत्रतत्र खोजीको विषय बनेको भएपनि भेट्टाउन नसकेको राष्ट्रिय अभिलेखालय बनताउँछ । यसको संरक्षणको जिम्मेवारी पाएको राष्ट्रिय अभिलेखालयले यसबारे खोजी भइरहेको बताउने गरेको छ ।

तर, उसले पनि न त कतै सुगौली सन्धिको प्रति पाउन सक्यो न त ऐनले दिएको अधिकार प्रयोग गरेर मुलुकबाहिर सो सन्धि खोज्न जान नै सक्यो । यद्यपि, अहिले पनि अभिलेखालय सुगौली सन्धिको प्रति कसरी पाउने भनेर त्यसको खोजी जारी रहेको बताउँछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij