बालाजु एजुकेसन फाेरमले नेपालटारकाे नेशनल माेडल इड्गलिस स्कुलमा अायाेजना गरेकाे भलिबल कार्यक्रममा त्रिलाेक चिल्ड्रेन स्कुल प्रथम भएकाे छ । यसैगरी नेशनल माेडल इङ्गलिस सेकेन्डरी स्कुल द्वितीय भएकाे छ भने अादित्य स्कुल तृतीय भएकाे छ ।
कार्यक्रम समापन सँगै सम्पूर्ण विजेता खेलाडीहरूलार्इ सम्मान तथा पुरष्कार प्रदान गरिएकाे छ ।
समापन कार्यक्रममा बालाजु एजुकेशन फाेरमका अध्यक्ष डिएन अधिकारी, फाेरमका उपाध्यक्ष मदन दवाडी लगायतका विभिन्न विद्यालयका प्रिन्सिपलहरूकाे उपस्थिति रहेकाे थियाे । खेल सम्पन्न गर्न नेशनल माेडल स्कुल टीम विशेष रूपमा खटिएकाे थियाे ।
खेलकाे अन्त्यमा जुन विद्यालयकाे जित भएपनि समग्रमा बालाजु एजुकेशन फाेरमकै जित भएकाे भन्दै अागामी दिनमा पनि यस्ता क्रियाकलापहरूलार्इ निरन्तरता दिइने बतार्इएकाे छ ।
भलिबलमा ब्राइट हेभेन, ज्ञानसागर, काेहिनुर लगायतका स्कुलहरू समेत सहभागि थिए ।
खेलकुद समापन पश्चात् सेताेघर सँगकाे संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष डिएन अधिकारीले खेलकुदले विद्यार्थीकाे सर्वाङ्गिण विकासकाे निम्ति ठूलाे सहयाेग पुग्ने भएकाे कारण यसकाे महत्व् अझ बढ्दै गएकाे बताउनुभयाे । साथै बालाजु एजुकेसन फाेरम यस्ता अतिरिक्त क्रियाकलापहरूमा निरन्तर रूपमा संलग्न रहँदै अाएकाे समेत बताउनुभयाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij