२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

माओवादी संसदीय दलको नेतामा प्रचण्ड चयन

माओवादी संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाललाई चयन गरेको छ । आईतबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको पहिलो बैठकले दलको नेतामा अध्यक्ष दाहाललाई चयन गरेको हो । बैठकमा पार्टी एकता लगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । उनले पार्टी एकताका लागि केही सैद्धान्तिक र केही बैचारिक विषयको टुंगो लागेपछि मात्रै सरकारमा सहभागी हुनेबारे पनि बैठकमा छलफल भएको जानकारी दिइन् । सरकारमा समर्थन जनाईसकेकाले पार्टी एकतामा बाँकी रहेका विषयको टुंगो लगाई राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रीहरु लगायत पदबारे प्याकेजमा सहमति भएपछि मात्रै सरकारमा सहभागी हुने बताइन् । संसदीय दलको नेतामा चयन भएपछि बैठक स्थलबाट बाहिरिदै गर्दा अध्यक्ष दाहालले छिटै पार्टी एकताको टुंगो लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij