२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

अघिल्लाे सरकारमा यी निर्णयहरू उल्टिदैँछन्

अघिल्लाे सरकारमा यी निर्णयहरू उल्टिदैँछन्

काठमाडौं – सरकारले पूर्ववर्ती सरकारले राष्ट्रियसभा सदस्य मनोनयनका लागि सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिने तयारी गरेको खबर आजको राजधानी दैनिकमा छ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले कृष्ण पौडेल, चाँदनी जोशी र गोपाल बस्नेतलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यो सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी छैनन् । सचिव प्रदीप ज्ञवालीले नयाँ सरकार बनिसकेकाले विगतमा सिफारिस भएका नाम असान्दर्भिक भएको र अब नयाँ नाम सिफारिस हुने जानकारी दिए।

‘नयाँ सरकारले नयाँ नाम सिफारिस गर्छ,’ ज्ञवालीले भने। स्रोतका अनुसार एमाले र माओवादीबीच भागबण्डा गरेर तीन जनाको नाम सिफारिस गरिनेछ। दुई जना एमाले र एक जना माओवादीका तर्फबाट सिफारिस हुने सम्भावना छ। नेकपा एमालेकाे स्थायी सिमितकाे बैठकले यसअघि नै देउवा सरकराले गरेकाे सिफारिस फिर्ता  लिने निर्णय गरिसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij