बारा, फागुन ५ । सिमरा गोल्डकपको उपाधिका लागि आज विभागीय टोली नेपाल आर्मी क्बल र थ्री स्टार क्लब भिड्दैछन् ।दुई टिमबीचको खेल बाराको सिमरा रंगशालामा दिउँसो तीन बजे सुरु जनाइएको छ।यसअघि पनि एक पटक उपाधि चुमिसकेको आर्मी क्लब जित दाहोर्याउने दाउमा छ।पहिलो पटक फाइनलमा पुगेको थ्री स्टार पनि उपाधि हत्याउने दाउमा रहेको छ। ०७१ मा सम्पन्न छैटौं संस्करणको विजेता आर्मी सिमरा गोल्डकपको फाइनलमा पुगेको यो दोस्रो पटक हो। उसले गत वर्ष संकटा क्लबसँग पराजित हुँदै उपविजेताका रुपमा चित्त बुझाएको थियो।

प्रतियोगितामा दुई खेल खेल्दै फाइनलमा पुगको आर्मीले अहिलेसम्म गोल खाएको छैन उत्ता थ्री स्टारलाई पनि कम आँक्न मिल्दैन। उसले धरानमा भर्खरै सम्पन्न बुढासुब्बा गोल्डकपको उपाधि जितिसकेको छ। त्यसैले आजको भिडन्त रोमाञ्चक हुने ठानिएको छ। प्रतियोगिताको विजेताले पाँच लाख ५१ हजार र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल तथा विभिन्न ७ विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij