गुल्मी जिल्ला,धुर्कोट गाउँपालिका वडा नं.२ पिपलधारा उदिना बाट प्रदेशिएका युवाहरूले सामाजिक संजाल फेसबुक, ह्वाट्स एप सन्चालन गर्दै “हाम्रो जनजागरण उदिना बिश्व संजाल गुल्मी” संस्था मार्फत उदिना गाउँको पुर्बी दक्षिण भागमा छिमेकी जिल्ला अर्घाखाँची तथा काेट गाउँपालिकालाई जोड्ने मोटरबाटोको पश्चिम छेउमै निर्माण भएको प्रतिक्षालय संस्थाका उपाध्यक्ष श्री रबिन महतको सभापतित्वमा सल्लाहकार बिष्णु बहादुर खत्री, कोषाध्यक्ष दिपक बस्नेत, मलेसिया संयोजक चन्द्र थापा लगायत गाउँका सम्पुर्ण भद्र भलाद्मी तथा मान्यजनको उपस्थितिमा मिति २०७४-माघ, २७ गते सनिवार उद्घाटन गरि उदिना गाउँबासीलाई हस्तान्तरण गरिएको छ।
कार्यक्रममा प्रतिक्षालय कुल लागत रु. दुई लाख पचास हजार (२,५०,०००/-) मा सम्पन्न भएको जानकारी कोषाध्क्ष दिपक बस्नेतले जानकारी गराउनु भएको छ।
आवतजावतको क्रममा यात्रा गर्ने यात्रु तथा गाउँबासीहरुको आवश्यकतालाई ध्यानमा राखी बिदेशबाट संचालित संस्था, स्थानीय गाउँबासी तथा सहयोगी दाताहरूको सहयोगमा मंसिर महिनाकाे पहिलो साताबाट काम सुरु भएकाे प्रतिक्षालय माघ महिनाको अन्तिम साता देखि सम्पन्न भएको छ । निर्माण समितिका संयाेजक कृष्ण बहादुर खत्री हुनुहुन्छ ।
प्रतिक्षालयकाे उद्घाटन संस्थाका अध्यक्ष कमल आर. बस्नेतले दुबइबाट अडियो मार्फत सम्बोधन गरेर गरेका छन् । त्यस क्रममा उनले संस्थाले अहिले सम्म गरेका कामहरूकाे साथै प्रतीक्षालय निर्माणमा सहयोग गर्नुहुने सम्पुर्ण महानुभावलाई धन्यवाद ज्ञापन गरे । साथै प्रतिक्षालयकाे उपयोग र संरक्षणको जिम्मा समग्र गाउँबासीको भएकोले प्रतीक्षालयको नाम “सझा प्रतीक्षालय उदिना” राखिएको बताउनुभएको थियो।
गाउँबाट विदेशिएका युवाहरु संङ्गठित भएर स्थापना गरिएको संस्था “हाम्रो जनजागरण उदिना बिश्व संजाल गुल्मी”ले फेसबुक पेज मार्फत सङ्कलित आर्थिक सहयोगबाट प्रचारप्रसार गरि अभियान सन्चालन गरिएको संस्थाका संगठन बिस्तार प्रमुख प्रकाश के.सीले बताउनु भयो।
कार्यक्रममा सहयोगी दाताहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएकाे छ भने स्थानीय चौरासी पुजा गरिसक्नु भएका गाउँका जेष्ठ नागरिकलाई सम्मान पत्र प्रदान गरियाे भने गाउँको कलासंस्कृती जगेर्ना गर्ने स्थानीय समाजसेवीहरुलाई समेत सम्मान पत्र सहित सम्मान गरिएकाे छ ।
गाउँमा रहेको श्री सरस्वती प्रा.बि.लाई सल्लाहकार कृष्ण महतको सहयोगमा प्राप्त एक बोर्ड सहित चार ह्वाइट बोर्ड लगायत मार्कर, डस्टर लगायतका सामाग्रीहरु विद्यालयकि शिक्षिका देबि खनालको उपस्थितिमा बितरण गरिएको जानकारी सचिव नारायण थापाले गराउनुभयो।
प्रतिक्षालय निर्माणको लागि सहयोग सङ्कलन गाउँ देखि विदेस सम्म रहनुहुने गाउँले महानुभावहरु, भारत, मलेसिया, साउदी अरेबिया, दुबई, कतार, जापान, क्यानडा, अमेरिका लगायत देशबाट सहयोग प्राप्त भयको थियो।
विगतमा संस्थाले भैपरी आउदा गाउँ तथा गाउँ देखी बा
हिर पनि आर्थिक लगायतका विभिन्न सहयोग गर्नुका साथै गाउँमा सुपादेउराली प्रसाद ग्रहण भवन, युवाहरुको लागि खेल मैदान बिस्तार, बालबालिकाहर लाई खेल सामग्री बितरण लगायतका गतिविधिहरू समेत सञ्चालन गरेको र आगामी दिनहरुमा अझ बढी रचनात्मक, सकारात्मक तथा सृजनशिल काम गर्नेमा अाफूहरू प्रतिवद्द रहेकाे बहराइन स्थित संस्थाका सल्लाहकार तथा लोक दोहोरी गायक अशिम महतले बताउनुभएकाे छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij