२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

  • २०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

राति १२ बजेबाट राष्ट्रिय सभा चुनावकाे मौन अवधि शुरू हुने

राति १२ बजेबाट राष्ट्रिय सभा चुनावकाे मौन अवधि शुरू हुने

यही माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । मौन अवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, नागरिक समाज, आम मतदाताले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाउने निर्वाचन आयोगले जनाएको छ ।

आमसञ्चार माध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशन/प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने आयोगले स्पष्ट पारेको छ ।

निर्वाचन आयोगबाट जारी भएका मतदाता शिक्षाका सामग्री, सूचना वा सन्देश प्रवाह गर्न भने कुनै रोकावट भने नभएको निर्वाचन आयोगका प्रबक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij