२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

क्यान मेलामा सागर नेटवर्कको छुट तथा अफर सहित भव्य उपस्थिति

क्यान मेलामा सागर नेटवर्कको छुट तथा अफर सहित भव्य उपस्थिति

क्यान इन्फोटेक मेला काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । यसपटकको क्यान मेलामा नेपालका प्रतिष्ठित कम्पनीहरुले विभिन्न अफर, छुट तथा उपहारहरु व्यवस्था गरेका छन् । यसै मेलामा निकै प्रतिष्ठित सागर नेटवर्कले समेत आफ्नो भव्य उपस्थितिलाई यस पटक पनि निरन्तरता दिएको छ ।
सन् १९९५ मा स्थापित सागर नेटवर्क स्थापना कालदेखि नै उच्च गुणस्तरीय सामानहरु विक्री गर्ने कार्यमा संलग्न रहँदै आएको कम्पनी हो ।

नेपाली बजारमा निकै प्रतिष्ठित यस कम्पनीको सूचना प्रविधिको क्षेत्रमा नेपाली बजारमा निकै ठूलो बजार हिस्सा ओगट्न सफल छ । हाल सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित विभिन्न प्रतिष्ठित १२ ब्राण्डका सामानहरु नेपालमा विक्री गर्दै आएको यस सागर नेटवर्कका नेपालमा करिब ३ सय डिलरहरु छन् । काठमाडौमा आउटलेट सपोर्ट सेन्टरको अलावा नेपालका मुख्य सहरी क्षेत्रहरुमा सपोर्ट तथा साखा पार्ट्नरहरुको माध्यमबाट समेत उपभोक्तालाइ अधिकतम सन्तुस्टि दिने कार्यमा कम्पनी लाग्दै आएको छ ।

क्यान मेला भ्रमणकाे क्रममा हामीले सागर नेटवर्कबारे थप जानकारी लिने उद्देश्यले कम्पनी प्रतिनिधि तथा सेल्स म्यानेजर विजय केसीलार्इ भेटेर केही कुराकानी गरेका थियाैं । कम्पनीकाे उद्देश्य के हाे ?  र अहिले कम्पनी कसरी चलिरहेकाे छ भन्ने सम्बन्धमा कुरा गर्दा कम्पनीका सेल्स म्यानेजर केसीले सेल्स मात्र नभर्इ विक्री पछिकाे सेवामा अाफूहरू निरन्तर रूपमा लागिरहेकाे कारण नै अाफूहरूकाे अहिलकाे  अवस्थामा अाउन सफल भएकाे बताए ।
यसपटकको क्यान मेलामा सागर नेटवर्कको उद्धेश्य, कम्पनीले विक्री गर्दै आएका उत्पादनहरु, उत्पादनका विशेषताहरु र क्यान मेलामा प्रदान गरिएका अफरहरु सम्बन्धमा सागर नेटवर्कका सेल्स म्यानेजर विजय केसीसँग संक्षिप्त कुराकानी गरी तयार पारिएकाे विशेष सामाग्री यहाँ प्रस्तुत गरिएकाे छ ।

गुणस्तरीय सेवा र ग्राहकको सम्तुष्टिमा विश्वस्त :
कम्पनीले ग्राहकको सन्तुष्टि र विक्री पछिको सेवालाई नै विशेष मध्यनजर राख्दै आएको छ । यसैकारण नै कम्पनी अहिलेको अवस्थामा आउन सफल भएको कम्पनीका सेल्स म्यानेजर विजय केसीले सेतोघर डट कमलाई बताएका छन् । गुणस्तरीयतामा विशेष ध्यान दिएको कारण यस कम्पनीले आइएसओ ९००१ ः २००० गुणस्तरीय चिन्ह प्राप्त गर्न सफल भएको छ । कम्पनीले ग्राहकको सन्तुष्टि र विक्री पछिको सेवालाई नै विशेष मध्यनजर राख्दै आएको छ । गुणस्तरीयतामा विशेष ध्यान दिएको कारण यस कम्पनीले ISO ९००१ ः २००० गुणस्तरीय चिन्ह प्राप्त गर्न सफल भएको छ ।

क्यानको अवसरमा विभिन्न सामानहरूमा विशेष अफर :

प्रिन्टर ः

प्रिन्टर जगतमा नेपालको पहिलाे नम्बर ब्राण्डकाे रूपमा स्थापित भईसकेको र नेपालमा लामो समय देखि ब्रदर ब्राण्डको प्रिन्टर उपलब्ध गराउँदै आएको यस कम्पनीले सधैं नयाँ -नयाँ मोडेल अनि अाकर्षकबिशेषता भएका प्रिन्टर ल्याउँदै अाएकाेमा यस पटककाे मेलामा  पनि नयाँ मोडेलका प्रिन्टरहरु समेत उपलब्ध गराएकाे छ । कम्पनीले कर्पोरेट सेरिजको पहिलो पटक क्यान मेला मार्फत हेभी ड्युटी मल्टिफङ्सन प्रिन्टर सार्वजनिक गरेको छ । कम्पनीले क्यान मेलामा उपलब्ध ब्रदर प्रिन्टरको विक्रीसँगै आकर्षण ल्यापटप ब्याग तथा कार्टेज निःशुल्क उपलब्ध गराइएको छ ।

वाइफाई राउटर ः

यस कम्पनीले टोटो लिंक ब्राण्डको वाइफाई राउटर समेत उपलब्ध गराउँदै आएको छ । उक्त राउटर कोरियाको सबैभन्दा बढी रुचाइएको नम्बर १ ब्राण्ड हो । नेपालमा पनि यस राउटरको माग उच्च छ । कम्पनीले मेलामा ६ सय एमबिपिएस सम्मको उच्च गतिमा चल्ने वाइफाई राउटर सार्वजनिक गरेको छ । जुन क्यान मेलामा नै अवलोकन तथा खरिद गर्न सकिनेछ ।

एन्टिभाइरस ः

कास्परस्की नामक एन्टिभाइरस पनि नेपालमा यसै कम्पनीले नै विक्री गर्दै आएको छ । जुन अत्यन्तै नेपाली बजारमा रुचाइएको नेपाल को नम्बर १ एन्टिभाइरस हो । क्यान मेलामा कम्पनीले १ युजरको एन्टिभाइरस सामान्यतया १ हजार पर्नेमा ५ सयमा र ३ युजरको निम्ति १ हजार ७ सय ५० पर्नेमा ९ सयमा उपलब्ध गराएको छ । यसैगरी कास्परस्कीको इन्टरनेट सेक्युरिटीमा पनि ३ युजरको निम्ति सामान्यतया ३ हजार ४ सय पर्नेमा २ हजारमा उपलब्ध गराएको छ भने ल्यापटप व्याग समेत निःशुल्क उपलब्ध गराएको छ ।

फोटोकपी मेसिन ः
कम्पनीले कोनिका मिनोल्टा ब्रान्डको फोटोकपी मेसिनहरु पनि उपलब्ध गराएको छ । कलर सेगमेन्टमा विश्वभर प्रसिद्ध यस ब्राण्डमा लङ टर्म बेनेफिट र लो अपरेटिङ कस्ट लगायतको कारण कर्पोरेट कम्पनीहरुको निम्ति विशेष उपयुक्त छ ।
अन्य उपकरणहरु ः
कम्पनीले अन्य विभिन्न उपकरणहरु समेत उपलब्ध गराउँदै आएको छ ।
NEC–PABX system, प्रोजेक्टर अनी टेलिफोन, MicroPack को Computer accessories, Honeywell ब्राण्ड, IDP Smart -आइ डि कार्ड प्रिन्टर, Sewoo र zonerich ब्राण्ड को – POS अनी बिलिङ्ग प्रिन्टर, Zebex – बारकोड स्क्यानर, Xlab Brand को धेरै प्रकारका consumble प्रडक्ट लगायतका सामानहरु समेत यस कम्पनीले उपलब्ध गराउँदै आएको छ! यी सम्पूर्ण जानकारीको लागि www.baleyo.com हेर्न अनि यस क्यान अवधिभर अनलाइन मार्फत खरिद गर्दा पनि बिशेष छुट पाउन सकिनेछ  ।
 पछिल्लो समय बजारमा  आएका नयाँ प्रविधिहरूकाे बारेमा विस्तृतमा जानकारी पाउनकाे लागि एकपटक सबै जना क्यान मेलामा अनिवार्य उपस्थित भइ सूचनाप्रविधि क्षेत्रबाट प्रयाप्त लाभ लिनकाे निम्ति समेत केसीले उपभाेक्ताहरूलार्इ अाग्रह गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij