२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

नवगठित लायन्स सेन्टनियलको अध्यक्षमा ओम जैसि

नवगठित लायन्स सेन्टनियलको अध्यक्षमा ओम जैसि

शशि पन्थी, भैरहवा । लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टीनियलको अध्यक्षमा ओम जैसी सर्वसम्मत रुपमा चयन भएका छन् ।
भैरहवाका उद्योगी, व्यवसायी, समाजसेवी, शिक्षक, डाक्टर लगायत विभिन्न पेशामा आबद्ध रहेका व्यक्तिहरु सहितको भेलाले यस क्षेत्रका व्यवसायी, साहित्यकार र शैक्षिक क्षेत्रका अभियन्ताका रुपमा चिर परिचित ओम जैसीलाई संस्थापक अध्यक्षको रुपमा चयन गरेका हुन् ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै एमजेएफ अरुण प्रताप राणाले लायन्सको प्रमुख लक्ष्य भनेको समाज सेवा नै रहेको कुरामा जोड दिए । काशि सिने कम्प्लेक्सको सभाहलमा भएको कार्यक्रममा पिडिजी अरुण प्रताप राणा एमजेएफ, लायन्स क्लव अफ सिद्धार्थनगरका भु.पु अध्यक्ष नन्दलाल गोयन्का, नारायण प्रसाद अग्रवालले कार्यक्रमको अर्गनाइजर गरेका थिए । त्यस्तै गाइड लाइनरको रुपमा डिस्ट्रिक्ट जोन चेयर पर्सन विनोद खरेल तथा छन् । लायन्स क्लव अफ सिद्धार्थनगरका भु.पु अध्यक्ष गोकुल प्रसाद श्रेष्ठले भूमीका निर्वाह गरेका थिए ।

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विष्णु शर्माले क्लबको सफलताको शुभकामना व्यक्त गरेका थिए । त्यस्तै क्लवको सो भेलाले भैरहवामा प्रसुती गृहको समस्या रहेको हुनाले प्रसुती गृह सम्बन्धमा पहिले काम गर्ने उद्धेश्य समेत लिएको छ ।


हरेक तीन–तीन महिनामा क्याबिनेट बैठक लायन्स क्लव ३२५ बि२ को हुने गर्दछ सोही अनुरुप यो पटकको बैठक यहि शनिबार चितवनको सौराहामा हुन थालेको हुनाले सो कार्यक्रममा लायन्स क्लव अफ सिद्धार्थनगर सेन्टिनियलको उद्घाटन गरीने लायन्स सेन्टीनियल क्लवका संस्थापक तथा कार्यक्रम संयोजक दिपक कौसलले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij