विशुद्द शिक्षामा समर्पित तारकेश्वरकाे वडा नम्बर ८ शान्तिटाेल स्थित सञ्चालित मेगा पब्लिक स्कुलले सरस्वती पूजा सम्पन्न गरेकाे छ । 
सरस्वती पूजाकाे अवसर पारेर विशेष स्वास्थ्य शिविर समेत विद्यालयले अायाेजना गरेकाे थियाे ।
राष्ट्रिय अाविष्कार केन्द्रका संस्थापक महावीर पुःनकाे समेत विशेष उपस्थिति रहेकाे अाजकाे कार्यक्रममा निकै ठूलाे सङ्ख्यामा विद्यालयका शुभचिन्तक, अभिभावक, विद्यार्थी तथा शिक्षकहरूकाे उपस्थिति रहेकाे थियाे ।
सार्इवावा हस्पिटल एण्ड रिसर्च सेन्टरका निर्देशक दयाराम कार्की सहित विशेषज्ञ डाक्टर तथा कर्मचारीहरूकाे उपस्थिति रहेकाे अाजकाे कार्यक्रममा विद्यालयले विद्यार्थी बाहेक करिब ३ सय ५० व्यक्तिहरूकाे उपस्थिति रहने अनुमान गरेकाे भएपनि करिब ५ सय व्यक्तिहरू विद्यालयमा उपस्थित हुनुहुन्थ्याे । यसबाट अाफू र विद्यालय प्रति स्थानीयहरूकाे निकै चासाे रहेकाे कुरा अाफू्ले बुझ्न पाएकाे भन्दै अाफूलार्इ थप प्राेत्साहन मिलेकाे विद्यालयका प्रिन्सिपल अमृत भण्डारी बताउनुहुन्छ ।
सरस्वती पूजा तथा स्वास्थ्य शिविरकाे अवसर पारेर अायाेजना गरेकाे अाजकाे कार्यक्रम सँगै विद्यालयमा स्काउट सेवा समेत सञ्चालनमा ल्याउने प्रतिवद्दता जनार्इएकाे छ । साथै राष्ट्रिय अनुसन्धान केन्द्रकाे निम्ति समेत केही रकम नगद सहयाेग गर्ने प्रतिवद्दता विद्यालयले जनाएकाे छ ।
श्रीपञ्चमीकाे अवसरमा निःशुल्क भर्ना कार्यक्रम समेत राखेकाे यस विद्यालयले यस निःशुल्क भर्ना कार्यक्रम माघ २५ समय कायम राख्ने समेत जनाएकाे छ ।
साथै विद्यालयले सम्भवतः अागामी महिना नै अभिभावकहरूसँग भेटघाट, अन्तरक्रिया तथा शुभकामना अादानप्रदान सहित वृहद रूपमा १ दिवसीय मेगा डे समेत मनाउने याेजना बनाएकाे छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij