२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

पूर्वडीआइजी सिलवाललाई पक्राउ गर्न इन्टरपोलमार्फत सूचना जारी

पूर्वडीआइजी सिलवाललाई पक्राउ गर्न इन्टरपोलमार्फत सूचना जारी

काठमाडौँ, ८ माघ । पूर्वडीआइजी एवं नवनिर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोल मार्फत सूचना जारी गरेको छ । प्रहरी प्रमुख बन्न कार्य सम्पादन मूल्यांकन (कासमु) किर्ते गरेको अभियोगमा छानवीनका लागि बोलाउँदा नआएको र खोजी गर्दासमेत नभेटिएपछि सिलवालविरुद्ध डिफ्युजन नोटिस जारी भएको उच्च प्रहरी स्रोतले जनाएको छ ।

डिफ्युजन नोटिस जारी भएपछि पूर्व डिआईजी सिलवाललाई अब १ सय ९२ देशका प्रहरीले नै निगरानीमा राखेर फेला पारेमा नेपाल प्रहरीलाई खबर गर्नेछन् भने कतिपय देशले पक्राउ समेत गर्न सक्ने छन् ।

ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद समेत सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले ललितपुर प्रहरीलाई पत्र काटेको थियो । ललिपुर प्रहरीले सिलवाल नभेटेको प्रतिउत्तर काठमाडौं प्रहरीलाई दिएपछि, काठमाडौं प्रहरीले सिलवाललाई जहाँ भेट्यो त्यही पक्राउ गर्न सातवटै प्रदेश प्रहरी प्रमुखलाई पत्राचार समेत गरिसकेको छ । नेपालमा नभेटेपछि नेपाल प्रहरीले सिलवालविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij