२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

विद्यालयलार्इ नयाँ गतिका साथ शिक्षा प्रदानमा केन्द्रित हुँदै मेगा पब्लिक स्कुल

विद्यालयलार्इ नयाँ गतिका साथ शिक्षा प्रदानमा केन्द्रित हुँदै मेगा पब्लिक स्कुल

तारकेश्वरकाे शान्तिटाेल स्थित सञ्चालित मेगा पब्लिक स्कुलले नयाँ व्यवस्थापनकाे साथ शैक्षिक गतिविधिहरू अघी बढाएकाे छ ।
‘एन्नाेभेट टु लर्न, लर्न टु इन्नाेभेट‘ नाराकाे साथ सञ्चालनमा अाएकाे यस विद्यालयले अबकाे केही समयमा नै विशुद्द शिक्षाामा केन्द्रित विभिन्न याेजनाहरू सार्वजनिक गरेकाे छ ।
विद्यालयलार्इ अाधुनिक सबै किसिमका प्रविधि र पूर्वाधारहरूकाे उपयाेग गर्दै संस्कारयुक्त शिक्षामा अाफूहरू केन्द्रित रही तारकेश्वर क्षेत्रमा अलग पहिचान बनाउने याेजनामा अाफूहरू लागिपरेकाे विद्यालयका प्रिन्सिपल अमृत  भण्डारीले सेताेघर डट कमसँगकाे कुराकानीकाे क्रममा बताउनुभएकाे छ ।

मेगा पब्लिक स्कूलका विशेषताहरू ः

न्यूनतम् शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने याेजनामा रहेकाे याे विद्यालय भुकम्पिय जोखिमबाट सुरक्षित छ । पारिवारिक तथा शान्त वातावरणमा पढाई हुने यस विद्यालयले सबै कक्षामा सीमित बिद्यार्थी मात्र राखेर अध्यापन गराउँदै अाएकाे छ । जेहेन्दार तथा गरीब बिद्यार्थीका लागि छात्रबृत्ति  उपलब्ध गराउने, स्कूल बस सेवा  उपलब्ध गराउने, होस्टेल तथा डे-बोर्डसको व्यवस्था भएको, विद्यालयमा बिदेशी स्वंयमसेवकहरुबाट समय-समयमा शिक्षा तथा संस्कार  अादानप्रदानकाे निम्ति विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने, पूर्ण मन्टेश्वरी बिधिमा अाधारित, श्रव्य दृश्य (Audio- Video) माध्यमबाट अध्ययन अध्यापन कार्य हुने, कला, संगीत,  नृत्य र संस्कृतिको प्रवद्धनकाे निम्ति विभिन्न कार्यहरू गरिने, ई- लाईब्रेरी लगायतका सुविधाहरू अाफ्नाे विद्यालयमा रहेकाे प्रिन्सिपल  अमृत भण्डारी बताउनुहुन्छ ।

यसकाे अलावा  विश्वमा अत्याधिक बोलिने मध्येकाे  एक भाषाकाे रूपमा लिइने स्पेनिस भाषा कक्षा पनि यस विद्यालयले  संचालन गर्ने भएकाे छ । जुन विश्वकाे अङ्ग्रेजी पश्चात् सबैभन्दा बढी बाेलिने भाषाकाे रूपमा चिनिएकाे छ ।

श्रीपञ्चमीकाे समयमा निःशुल्क भर्ना ः

नयाँ सैक्षिक शत्र-२०७५ मा भर्ना हुनका लागि श्रीपंचमीको अवसरमा कक्षा १ देखि १० सम्मका बिध्यार्थीहरुको लागि ५०%  छुट तथा   प्ले ग्रुप/ नर्सरी/ एल.के.जी/ यु.के.जी का बिद्यार्थीहरुकाे पूर्ण निःशुल्क भर्ना गरिने विद्यालय व्यवस्थापन पक्षले बताएकाे छ ।

स्वास्थ्य शिविर समेत अायाेजना हुँदै ः 

यस विद्यालयले श्रीपंचमीको पावन अवसरमा निःशुल्क भर्नाकाे अलावा  निशुल्क स्वास्थ्य सिविर समेत आयोजना गर्न लागिएकाे छ । यस स्वास्थ्य शिविरमा सहभागि भर्इ लाभ लिनुहुनकाे निम्त विद्यालय प्रशासनले सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलार्इ अाग्रह गरेकाे छ ।

नयाँ व्यवस्थापनसँगै नयाँ याेजनामा विद्यालय ः
लामाे समय देखि सञ्चालित तारकेश्वरकाे शान्ति टाेल स्थित सञ्चालित   मेगा पब्लिक स्कुलमा भर्खरै नयाँ व्यवस्थापनले यस जिम्मेवारी लिएसँगै हाल यस स्कुलकाे प्रिन्सिपल तथा अध्यक्षकाे जिम्मेवारी अमृत भण्डारीले लिनुभएकाे छ । मेडिकल मार्इक्राेबायाेलाेजीमा मास्टर्स डिग्री पूरा गर्नुभएका अमृत भण्डारीकाे अलावा अहिलेकाे टिममा कृष्ण कुमारी थापा भण्डारी विद्यालयकाे उपाध्यक्षकाे भूमीकामा हुनुहुन्छ । उहाँले फिजिकल केमेष्ट्रीमा मास्टर्स डिग्री गर्नुभएकाे हाे ।
विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा दीपक भण्डारी हुनुहुन्छ । उहाँले टेलिकम्युनिकेसनमा एम.इ पूरा गरेर लामाे समय देखि यसै क्षेत्रमा संलग्न रहँदै अाउनुभएकाे छ । 
विद्यालयकाे सल्लाहकारकाे रूपमा पिएचडी स्कलर्सहरू, विभिन्न क्षेत्रका सफल तथा विज्ञहरू हुनुहुन्छ । नेपाल प्रहरीका एअाइजी बम बहादुर भण्डारी तथा समाजसेवी महावीर पुन लगायतका व्यक्तिहरूलार्इ समेत  साथ लिएर विद्यालयलार्इ व्यवस्थित गर्नकाे निम्ति अाफूले निरन्तर रूपमा पहल गर्दै अाएकाे विद्यालयका प्रिन्सिपल भण्डारीले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij