२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोमा अधिकारीको पोल्टामा मिसेज हिमालयन नेपाल २०१८ को ताज (फोटोफिचर)

गोमा अधिकारीको पोल्टामा मिसेज हिमालयन नेपाल २०१८ को ताज (फोटोफिचर)

 

‘मिसेज हिमालयन नेपाल २०१८’ को पाँचौ संस्करणको उपाधि गोमा अधिकारीले हात पारेकी छिन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना भएको ‘मिसेज हिमालयन नेपाल’ मा उनले अन्य १५ जना प्रतिस्पर्धीलाईपाखा लगाउँदै उपाधी हात पारिन् । उनले उपाधी सहित बिभिन्न गिफ्ट ह्याम्पर र सिङापुरमा आयोजना हुने’मिसेस एसिया प्यासिफिक ईन्टरनेसनल २०१८’ मा नेपालबाट प्रतिनिधित्व गर्ने अबसर समेत प्राप्त गरिन ।त्यस्तै फस्ट रनरअपमा बिन्दु लामा घोषित भईन् । उनले पनि उपाधी संगसंगै सिंगापुरमा आयोजना हुने’मिसेस एसिया प्यासिफिक ग्लोबल २०१८’मा भाग लिन पाउने अबसर प्राप्त गरिन । सेकेन्ड रनरअपको ताजभने रचना ज्ञावलीले प्राप्त गरिन् ।

अमेजन इन्टरटेनमेन्टद्धारा बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि, आन्तरिक कला प्रस्फुटन र सामाजिककाममा अग्रसर गराउने अभियानलाई अगाडि बढाउँदै आयोजना गरेको नेपालकै पुरानो प्रतिष्ठित प्रतियोगिता“मिसेज हिमालयन नेपाल २०१८” को अनलाईन भोटिङ मार्फत मिसेस पब्लिक चइस अवार्ड रिचा कवैले हातपार्न सफल भईन । त्यस्तै अन्य टाईटल बिजेताहरुमा बेस्ट हेयरमा उनिशा राई,बेस्ट स्किनमा एलिजारोक्का,बेस्ट फोटोजेनिकमा करुणा जोशी,बेस्ट स्माईलमा प्राप्ती श्रेष्ठ,मस्ट कन्फिडेन्समा रिचा कवै,मिसेसट्यालेन्टमा रचना ज्ञावली, मस्ट स्मार्टमा प्रमिला सिंह ठकुरी, बेस्ट पर्सोनालिटीमा गोमा अधिकारी, मस्टचार्मिङमा लामु शेर्पा, मस्ट एक्टिभमा निरु शाह ठकुरी,मस्ट ईन्टलेजेन्टमा बिन्दु लामा,बेस्ट ड्रेस्समा गोमाअधिकारी र मस्ट पपुलरको अवार्ड रिचा कवैले हात पारेका थिए ।

कार्यक्रमको प्रमुख अतिथीमा संचारकर्मी, मोडेल कला सुब्बा हुनुहुन्थ्यो । त्यस्तै अन्य निर्णायकहरुमा म्युजिकभिडियो तथा टेलिभिजन कमर्सियल  निर्देशक तथा आर्टिस्ट नेपालका संस्थापक संचालक नब ढुंगेल,मिसेसग्लोबल बिजेता दोर्जे डोल्मा गुरुङ,नृत्य निर्देशक एबं ईभेन्ट म्यानजर महेश केसी,नायक बिक्रान्त बस्नेतनायिका तथा फेसन डिजाईनर क्षितिजा शाक्य हुनुहुन्थ्यो । प्रतियोगितालाई बिभिन्न ढंगबाट सहयोग गर्नेहरुलाई आयोजक संस्था अमेजन इन्टरटेनमेन्टका अध्यक्षकमल खतिवडाले मायाको चिनो प्रदान गर्नुभएको थियो । प्रतियोगितालाई हिमानी सुब्बाले कोरियोग्राफीगर्नुभएको थियो भने अन्तरराष्ट्रिय प्रतिस्प्रधाको लागि बिजेताहरुलाई थप ट्रेनिङ दिन लागेको पनि बताउनुभयो ।

कार्यक्रमको संचालन रोजिन शाक्यले गर्नुभएको थियो । प्रतिस्प्रधीहरुलाई शुभ श्रिङ्गगार ब्युटी पार्लर एन्डट्रेनिङ सेन्टर, ईन्टरनेसनल ब्युटी क्लब एन्ड एकेडेमी र मन्जूर ब्युटी पार्लर तथा ट्रेनिङ सेन्टरको मेकअपमाअनुग्रह फेशन बुटिकको ड्रेसमा ड्रिम सर्च एजेन्सीले अफिसियल फोटोग्राफी गरेको थियो । प्रतिस्प्रधाको लाईभप्रसारण कास्टमन्डप टेलिभिजनले गरेको थियो । कार्यक्रममा सांगितिक रुपमा गायक विश्व आरके, गायिकाताया हांङ्मा राई र नृत्यतर्फ ममता तामाङ मनिषा थापा, त्यस्तै सुम्निमा पाण्डे र राज केसीको आकर्शकप्रस्तुतीले थप रौनक प्रदान गरेको थियो ।

 

फोटो : कमल निकोन छेत्री, सगुन श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij