२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

सुमार्गी भन्छन्, कान्तिपुर ब्ल्याकमेलिङ प्रकरण प्रभाव पत्रकारिता जगतमा ५० अाैं बर्ष सम्म पनि रहिरहनेछ

सुमार्गी भन्छन्, कान्तिपुर ब्ल्याकमेलिङ प्रकरण प्रभाव पत्रकारिता जगतमा ५० अाैं बर्ष सम्म पनि रहिरहनेछ

वि.सं २०२९ देखि व्यावसायिक गतिविधिमा संलग्न सुमार्गी समूहले अाज मुक्तिश्री टावरमा पत्रकार सम्मेलन गर्दै कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलाश सिराेहियाले मिडियाकाे दुरूपयाेग गरी अाफुलार्इ व्ल्याकमेलिङ गरेकाे बताएका छन् । 

अाफूले नेपालकाे व्यवसाय विस्तारकाे निम्ति सबै रकम विदेशबाट बैंकिङ च्यानल मार्फत नै पारदर्शी तवरले ल्याएकाे भन्दै अजय सुमार्गीले अाफूले नेपालमा भित्र्याएकाे सबै रकमबारे अाधिकारिक निकायलार्इ तत्काल नै जानकारी गराउँदै अाएकाे बताए ।

सुमार्गीले पत्रकार सम्मेलनकाे क्रममा विगतमा अाफूहरू बीच सहमतिमै जग्गाकाे काराेबार भएकाे तर पछिल्लाे समय भने अाफूलार्इ अप्ठ्याराे अवस्थामा सस्ताेमा जग्गा हत्याएकाे अाराेप लगाउँदै अाएकाे बताएका छन् ।

कान्तिपुरले निरन्तर रूपमा अाफूविरूद्द गतिविधि गर्दा अाफुले नेपालमा भित्र्याएकाे ऋण लगानी तथा काराेबारमा नकारात्मक असर परेकाे समेत बताएका छन् ।

अजेयराज सुमार्गीले २५ असाेज २०७१ मा एनअारएनकाे कार्यक्रम साेल्टी हाेटलमा भएकाे समयमा २ कराेड रूपियाँ हाइज्याक गरेकाे पनि बताए । अाफूले सिराेहियालार्इ अप्ठ्याराेमा साथ दिएकाे बताउँदै अहिलेकाे कान्तिपुर गतिविधिकाे वास्तविकता प्रष्ट्याउन नसके सम्पूर्ण पत्रकारिता क्षेत्रकाे स्वाभिमानमा नै प्रश्न चिन्ह खडा हुने बताउँदै सत्य कुरा पत्ता लगाउन अाग्रह समेत गरे ।

अवैध धन, कालाे धन जस्ता शब्दहरूले अाफू्लार्इ अपमान गरेकाे भन्दै अाफूले सिमेन्ट, हाइड्राे, दूरसञ्चार लगायतका क्षेत्रहरूमा लगानी विस्तार गर्नु पनि कतै अातंककारी क्रियाकलापलार्इ प्राेत्साहन दिनु पाे हाे कि ? भन्दै पत्रकारसँग प्रश्न गरे ।

नियाेजित रूपमा कान्तिपुरले गर्दै अाएकाे प्रहारबाट अाफूसँग सम्झाैता भइसकेकाे वैदेशिक ऋण लगानी प्रभावित हुन सक्ने भन्दै उनले थप लगानीमा समेत प्रतिकुल असर पर्नेतर्फ सङ्केत गरेका छन् ।

सुमार्गीले अाज पत्रकार सम्मेलनकाे क्रममा नेपाल मिडिया साेसाइटी, एसिया न्यूज नेटवर्क लगायतका संस्थाहरू समेत अाफू विरूद्दका गतिविधिहरूमा कान्तिपुरकै पक्षबाट प्रयाेगमा अाएकाे इङ्गित गरेका छन् ।

पछिल्लाे समय २ हप्ता देखि कान्तिपुरले सबैभन्दा धेरै शब्दहरू अाफू विरूद्द खर्च गर्नुले पनि कान्तिपुर र सिराेहियाकाे बदनियत प्रष्ट हुने विज्ञप्तिमा उल्लेख छ । साथै याे व्ल्याकमेलिङ नेपाली पत्रकारिता जगतमा ५० अाैं बर्ष सम्म पनि रहिरहने भन्दै सत्य नडग्ने र झुट नटिक्ने भन्दै सबैलार्इ तथ्यपूरक समाचार प्रकाशनमा ध्यानाकर्षण गराएका छन् । साथै अाफ्नाे पक्षमा समाचार लेख्नु नपर्ने तर तथ्यपरक समाचार प्रकाशन तथा प्रशारणकाे काम सञ्चारमाध्यमबाट हुनुपर्नेमा समेत अजेयराज सुमार्गीले अाग्रह गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij